0
Shares
कार्यक्रममा भ्वाइस अफ नेपालका लोकप्रिय गायकहरू सार्थक लामा र प्रमेश राई पनि मञ्चमा उत्रिनेछन् । साथै, धरानका चर्चित ब्यान्डहरू आस्था एण्ड द ब्रदर्स, द क्राइसिस, र दि एलाइज ब्यान्डको पनि उत्साहजनक प्रस्तुति रहनेछ । यी कलाकारहरूको उपस्थिति कार्यक्रमलाई थप आकर्षक बनाउने पक्का देखिन्छ ।कार्यक्रमका आयोजक आकाश रावल भन्छन्, “त्रिगुट म्युजिकल नाइट अघिल्ला कन्सर्टहरूभन्दा धेरै फरक हुनेछ । भिआइपी, फ्यानपिट र जनरल जोन स्पष्ट रूपमा छुट्याइएको छ । साथै, सम्पूर्ण कार्यक्रम सुरक्षित र व्यवस्थित बनाउन आवश्यक सबै तयारी पूरा गरिएको छ ।”
धरानको संगीत क्षेत्रमा निकै ठूलो अपेक्षा राखिएको यस कन्सर्टलाई लिएर स्थानीय मात्र होइन, आसपासका शहरहरूबाट पनि दर्शकहरूको उपस्थिति रहने अनुमान गरिएको छ । ‘त्रिगुट म्युजिकल नाइट’ संगीतप्रेमीका लागि एक अविस्मरणीय अनुभव बन्नेमा आयोजकहरू ढुक्क छन् ।
