कामेश्वर र लक्ष्मी नवदाम्पती झैँ : ‘अभिमन्यु च्याप्टर–१’ को दुइ सस्पेन्स पोस्टर सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘अभिमन्यु : च्याप्टर १’ को पोस्टर सार्वजनिक भएको छ। निर्माणपक्षले आज सिनेमाका दुईवटा पोस्टर सार्वजनिक गरेको हो। खुसी र तनाव देखाइएको पोस्टरमा सिनेमाका मुख्य कलाकार फिचर्ड छन्। एउटा पोस्टरमा सिनेमा मुख्य पाँच कलाकार प्रकाश दाहाल, लक्ष्मी बर्देबा, कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी र किरण श्रेष्ठसहित अन्य दुई कलाकार फिचर्ड छन्। यी मध्ये किरणबाहेक सबै कलाकार तनावमा देखिन्छन्। कारण के हो त्यो भने खुलाइएको छैन।सँगै एकजनालाई हतकडी लगाएर प्रहरी कार्यालमा प्रहरी अधिकृतले बयान लिइरहेका छन्। अर्का एक प्रहरी जवान सुरक्षाका लागि छेउमा उभिएका छन्। यो पोस्टरको उद्देश्य कलाकारको लुक्स र थोरै कथाबारे हिंट दिनु रहेको छ। अर्को पोस्टर जसमा सिनेमाका मुख्य दुई कलाकार छन्। जसमा कामेश्वर र लक्ष्मी छन्। कुनै मन्दिरमा आरती सल्काउँदै गरेका उनीहरू प्रशन्न मुद्रामा छन्।

निकै खुसी झल्किएको दुवैको चेहरा र लक्ष्मीको गेटअपले उनीहरू नवविवाहित जोडी जस्तो देखिन्छन्। यी दुई पोस्टरले क्यारेक्टर लुक्स, क्यारेक्टर र सम्बन्धलाई थोरै खुलाउँदै सस्पेन्स क्रिएट गर्न खोजेको देखिन्छ।केही दिन अगाडि यो सिनेमाको मोसन टिजर सार्वजनिक गरिएको थियो। मोसन टिजरले पैसाका लागि हुने संघर्षलाई संकेत गरेको थियो। पोस्टरले तनाव र खुसीमा रहेका पात्रलाई बाहिर ल्याएको छ। सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते रिलिज हुँदैछ। हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ। हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन्।

सिनेमाले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने बताइएको छ। पोस्टप्रोडक्सनमा रहेको सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’ को मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन्।सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको यस सिनेमालाई सुशान्त गौतमले निर्देशन गरेका छन्। यो उनको डेब्यु निर्देशन हो। मुकेश खनालको लेखन रहेको सिनेमाको क्रिएटिभ निर्देशक मदन थापा हुन्। ‘अभिमन्यु : च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्।

रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको सिनेमाका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्। जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस सिनेमामा मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादक रहेका छन्। ‘अभिमन्यु’ मा शरद महतोको डिओपी रहेको छ। 

सम्बन्धित समाचारसबै