‘उकुस मुकुस’ गीतसहित सिनेमा ‘शिवांश’ को ३६ दिनमा इण्डक्ल्याप

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा गरी छायांकन सुरु भएको सिनेमाको ३६ औं दिन खिचिएपछि इण्डकल्याप गरिएको हो । पोखरा आसपासमा छायांकन गरिएको ‘शिवांश : च्याप्टर–१’को सिनदेखि गीतसम्मको दृश्य खिचिएपछि पूणरुपमा छायांकन सम्पन्न भएको निर्माता अञ्जान केसीले जानकारी गराए ।

“हामीले पोखराको पामेमा सिनेमाकै एउटा ‘उकुस मुकुस’ बोलको गीतको छायांकनसँगै कुनै बाधा-अड्चन बिना हामीले दिनरात नभनी छायांकन सम्पन्न गर्न सफल भयौँ,” उनले भने, “अब पोस्ट-प्रोडक्सनको कामलाई तीव्रता दिनेछौँ ।अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने सिनेमाको निर्देशक सन्तोष कुमार आत्रेय हुन् । उनको यो डेब्यु निर्देशकीय सिनेमा हो । ‘शिवांश : च्याप्टर–१’मा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा छन् । यस्तै, सिनेमामा विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौलालगायत कलाकारको पनि अभिनय रहेको छ ।

सिनेमाको कथा निर्माता अञ्जान केसी स्वयंले लेखेका हुन् । स्क्रिनप्ले बारत लिम्बूको छ । सिनेमामा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् । सिनेमाको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । सिनेमाका कार्यकारी निर्माता सम्भू थापा हुन् ।सरद महतो डीओपी रहेको सिनेमामा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना रहेको छ । न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहेको छ भने राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर छ ।

मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, विक्रम चोहानको कोरियोग्राफी रहेको सिनेमामा विराज खड्का भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर, भीएफएक्स प्रोडुसरका रुपमा आदेश सुब्बा (गुडरेज पिक्चर्स) छन् । बारत लिम्बू मुख्य सहायक निर्देशक रहेको सिनेमामा आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनर प्रतीक चौधरी, मिलन मानन्धर प्रोडक्सन म्यानेजर, कमल मिश्र कस्ट्युम, तुलसा लिम्बू एमयूए, युवाहाङ राई पोस्टर फोटोग्राफी रहेका छन् ।

सिनेमा चौतारीले पोस्ट प्रोडन्सनको काम गर्नेछ भने वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन)ले गर्नेछ ।

सम्बन्धित समाचारसबै