प्रिमियरमै दर्शकबाट प्रशंसा पाएको ‘रियाल रिङ्गेट’आजदेखि देशभर रिलिज

0 Shares

सिनेसुत्र, बिराटनगर- नेपाली समाजको समसामयिक र संवेदनशील विषयवस्तु उठान गरेको सिनेमा ‘रियाल रिङ्गेट’ आज शुक्रबारदेखि देशैभर प्रदर्शनमा आएको छ। प्रवासी नेपाली श्रमिकहरूको सङ्घर्ष, पीडा र यथार्थ कथालाई समेटिएको यो सिनेमा प्रिमियरमा रुचाइएको थियो।

यस सिनेमाले देशभर करिब १ सय हाराहारीमा शो पाएको वितरकहरूले जनाएका छन्। प्रिमियरमा दर्शकहरूले सिनेमाको कथा, अभिनय, सङ्गीत र विशेषगरी सामाजिक सन्देशको खुलेर प्रशंसा गरेका थिए। दर्शकहरूले यस सिनेमालाई ‘लाखौँ नेपालीहरूको जिन्दगीको ऐना’ भनेर प्रतिक्रिया दिएका थिए।सिनेमाले खाडी मुलुकहरूमा रोजगारीको सिलसिलामा गएका नेपालीहरूको जीवन भोगाइलाई पर्दामा उतारेको छ।  ‘रियाल रिङ्गेट’को शीर्षकमै कतार, साउदी अरेबिया र मलेसियाको मुद्रा समेटेर प्रवासी जीवनको साङ्केतिकता झल्काइएको छ।

सिनेमाको प्रमुख भूमिकामा प्रमोद चौलागाईं र निता ढुङ्गाना छन्। साथै छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायत दर्जनौँ कलाकारको सशक्त अभिनय रहेको छ।रेबेल फिल्मसको ब्यानरमा गगनलाल प्रधानले निर्माण गरेको र विभोर पोखरेलले निर्देशन गरेको यस सिनेमाका लेखक प्रदीप भारद्वाज हुन्। सिनेमाको छायाङ्कन भारत, चितवन, काठमाडौं र लेटाङमा गरिएको हो। द्वन्द्व निर्देशन रोशन श्रेष्ठले, छायाङ्कन हरि घलेले, सम्पादन विपिन मल्लले, र ब्याकराउण्ड स्कोर किरण तुलाधरले गरेका छन्।

सिनेमाका गीतहरूमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको सङ्गीत रहेको छ। स्वरमा सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेले आवाज दिएका छन्। गीतका शब्द अमर न्यौपाने, रवि मल्ल, कोसिस क्षेत्री, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका छन्। ट्रेलर हेर्नुहोस् : 

सम्बन्धित समाचारसबै