सिनेसुत्र, बिराटनगर- यो वर्षको प्रतिक्षित सिनेमा ‘हरिबहादुरको जुत्ता’ को पहिलो झलक (पोस्टर) सार्वजनिक भएको छ। पोस्टरमा हरिवंश आचार्यलाई सिंगल रुपमा प्रस्तुत गरिएको छ। यसले सिनेमामा उनको पात्रलाई स्पष्ट पार्ने कोसिस गरेको छ।
‘हरिबहादुर’ पात्र नेपाली टेलिभिजन दर्शकमाझ लोकप्रिय रहेको छ। यही पात्रलाई झल्को दिने पोस्टर तयार गरिएको हो। सार्वजनिक पोस्टरलाई शान थापा र विजय वस्यालले तयार गरेका छन्। सिनेमामा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ ।
दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको सिनेमा दशैंको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउँदैछ। एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको सिनेमालाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको सिनेमालाई नकुल खड्काले सम्पादन गरेका छन्।
वसन्त सापकोटा, दिपक शर्मा र प्रकाश सपुतको संगीत रहेको सिनेमामा आशिस अविरल, समीक्ष्या अधिकारी, मोहितबंश आचार्य, समिर खरेल र सज्जा चौलागाईंको स्वर सुन्न सकिन्छ।
