सिनेसुत्र, बिराटनगर- रोहित अधिकारी फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण भएको ‘सिनेमा ‘माइतीघर’ को फस्टलुक रिलिज भएको छ। निर्माणपक्षले सिनेमाका मुख्य कलाकारहरूलाई समावेश गर्दै फस्टलुक तयार पारेको छ। मिलन तामाङको निर्देशनमा तयार भएको यो सिनेमामा रविन शेरचन र धिरज तामाङको लगानी छ। ईश्वर श्रेष्ठ र निरज कटुलाल यो सिनेमाका कार्यकारी निर्माता हुन् ।
रोहित अधिकारीको प्रस्तुतिमा तयार भएको सिनेमामा चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको पटकथा तथा संवाद, सुरेन्द्र पौडेलको सम्पादन, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलको गीत, चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी. योगी र स्वर्गीय जयदेवको संगीत, अष्ट महर्जनको एक्सन, साहिल खानको ट्रेलर छ। यो सिनेमा दशैंको फूलपातिको अवसर पारेर असोज १३ गतेबाट रिलिजमा आउँदैछ । 
सिनेमामा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापालगायतका कलाकारहरूको अभिनय छ। सिनेमाको फस्टलुकमा कलाकारहरूको पात्र चित्रण गर्न खोजिएको छ। यस्तै, पोस्टरमा उज्यालो बलिरहेको घरसमेत देखाइएको छ। यसले ‘माइतीघर’लाई चित्रण गर्न खोजिएको बुझ्न सकिन्छ।
‘सिनेमा ‘माइतीघर’ले तामाङ संस्कृतिको कथालाई समेत उठान गरेको छ। सिनेमा उत्कृष्ट बनेको भन्दै निर्माता रोहित अधिकारीले प्रचारप्रसारमा पनि कुनै कमी नगर्ने बताएका छन् । रोहितले यसअघि निर्माण गरेका ‘गाजलु’, ‘छ माया छपक्कै’, ‘फर्की फर्की’ लाई पनि दर्शकले रुचाएका थिए । 
