सिनेसुत्र, बिराटनगर- साउनको २३ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘मोहर’को नयाँ गीत ‘सपना हो की विपना हो कि जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ। थानेश्वर गौतम र शान्ती श्री परियारको स्वर रहेको यो गीतमा प्रभा बर्तौलाको शब्द, थानेश्वर गौतमकै संगीत छ।
सार्वजनिक गीत वियोगान्त छ। गीतका शब्दहरू कर्णप्रिय छन्। यो गीतले सिनेमाका पात्रहरूको वियोगान्त कथा बोलेको छ। सिनेमा मेकर्स प्रा.लिको ब्यानरमा निर्माण भएको यो सिनेमाका निर्माता चुम्बन जंग शाही हुन्। सिनेमालाई ओम प्रतिकले लेखन तथा निर्देशन गरेका हुन्।
सिनेमामा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य लगायतका कलाकारहरूको मुख्य भूमिका छ। सिनेमामा बाल–कलाकारको रूपमा सारा शर्माले अभिनय गरेकी छिन्।
दीपेन बस्न्यातको डीओपी रहेको सिनेमामा भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी, थानेश्वर गौतम, एसडी योगीको संगीत, समीर मियाको भीएफएक्स छ। कुमार महर्जनको एक्सन रहेको सिनेमामा रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी छ। गिरिराज घिमिरे मुख्य सहायक निर्देशन रहेको सिनेमाको ट्रेलर र २ गीतले दर्शकको ध्यान खिचिसकेको छ। भिडियो हेर्नुहोस :