नीता ढुङ्गानाको निर्देशनमा बन्ने सिनेमा ‘सुख दुःख’मा मदनकृष्ण श्रेष्ठ अनुबन्ध

0 Shares

सिनेसुत्र, बिराटनगर- अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्ने सिनेमा ‘सुख दुःख’ मा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अनुबन्ध भएका छन्। उनलाई शुक्रबार निर्माण पक्षले सिनेमाको एक महत्वपूर्ण भूमिकाका लागि अनुबन्ध गरेको हो।कलाकार श्रेष्ठले सिनेमा ‘सुख दुःख’ को कथा मन परेपछि अभिनय गर्न सहमति जनाएका हुन्। निर्देशक नीता ढुङ्गानाले स्क्रिप्ट सुनाउँदा मदनकृष्ण श्रेष्ठ भावुक भएको बताउँदै, “कथाले उहाँलाई छोयो, अभिनयमा सहभागी हुन उत्साहित देखिनुभयो,” भनिन्।यसअघि गत आइतबार सिनेमा ‘सुख दुःख’ मा मिथिला शर्मा अनुबन्ध भइसकेकी छन्। मदनकृष्ण र मिथिला बाहेक अन्य प्रमुख कलाकारको नाम भने निर्माण पक्षले खुलाएको छैन। सिनेमाको छायांकनका लागि भारतका चर्चित छायाकार कवीरलाल र शाहिदलाल अनुबन्धित छन्। शंकर पाण्डेले सिनेमा निर्माण व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछन्।

‘नीता फिल्म्स’ को ब्यानरमा बन्ने यो सिनेमा आगामी वर्षको दसैंमा, विशेषतः फूलपातीको अवसरमा प्रदर्शनमा ल्याउने तयारी छ। सिनेमा ‘सुख दुःख’ को उपत्यकाबाहिरको वितरण अधिकार एफडी कम्पनीले र उपत्यकाभित्रको अधिकार रिच इन्टरटेनमेन्टले लिएको छ ।

सम्बन्धित समाचारसबै