संघर्ष गरेको ७ वर्षपछी ‘मोदिबेनी’बाट सिनेमामा डेब्यु गर्दै पुर्व इटहरीकी स्नेहा भट्टराई ।

0 Shares

सिने सुत्र, बिराटनगर –  श्रावणको १८ गतेदखी प्रदर्शनमा आउने सिनेमा ‘मोदिबेनी’ बाट पुर्व इटहरीकि स्नेहा भट्टराईको आगमन हुदै छ ।

 नेपाली सिने नगरीमा कलाकारको भबिष्य कमसल भए पनि यो क्षेत्रमा दिनहु हिरो, हिरोइन बन्छु भन्ने सपना बोकेर काठमाडौंको त्यो भिडमा रुमलिने धेरै छन् । यो रंगिन सहर अनि ग्ल्यामर क्षेत्रमा त्यसरी हुइकिएर् आएका मध्ये कति सफल हुन्छन, त् कतिले दुख मात्र गरेर अब केहि नहुने रहेछ भनेर कलाकार बन्ने सपनालाइ बागमतीमै सेलाएर विदेशिएका पनि छन । हो आज यहि रंगिन सहर अनि ग्ल्यामर क्षेत्रलाइ सानो उमेर देखिनै सपना बनाएर दुख संघर्ष गरिरहेकी नेपालको पूर्वी सहर इटहरीकि स्नेहा भट्टराईको पनि सपना पुरा हुदैछ । भट्टराईले श्रावणको १८ गतेदखी प्रदर्शनमा आउने सिनेमा ‘मोदिबेनी’ बाट सिनेमा यात्रा सुरु गर्दै छिन् ।

उनको सपना मोदी बेनीबाट पुरा भए संगै उनको चिन्ता अब झन् बढेको छ | सपना पुरा भए संगै सिनेमामा उनले गरेको कामले कतिको चर्चा पाउछ, उनले सिनेमामा निभाएको चरित्र,उनको, अभिनय कौशललाइ हेरेर दर्शकले दिने प्रतिक्रिया लगायत भने हेर्न बाकी नै छ । त्यो चाहि हेर्न उनको डेब्यु सिनेमा ‘मोदिबेनी’ यहि श्रावणको १८ गतेको प्रतिक्क्षा गर्नु पर्नेछ । उक्त सिनेमामा आफुले धेरै मेहनत गरेको र उनको यो सिनेमा बाट आफनो अभिनेत्री बन्ने नेपाली सिने क्षेत्रको बाटो खुल्ने अपेक्षा राखेको उनिले बताइन । सिनेमामा उनि सहायक अभिनेत्रीको भुमिकामा देखिँदै छिन् ।

स्नेहा यस अघि ‘मिस कलेज नेशनल–२०१७’ की फर्स्ट रनरअप समेत हुन् । उनले ५ वर्षअघि ‘बिहानी’ मा पहिलो म्युजिक भिडियो समेत गरेकी छन् । त्यसपछि उनले ‘नौडाँडा पारी’, ‘खोला जस्तो जिन्दगी’ जस्ता गीतहरूमा अभिनय गरेकी छन् । भट्टराई संग झण्डै ३५ ओटा कमर्सियल टेलिभिजन बिज्ञापनमा समेत अभिनय गरेको अनुभव भएको उनि बताउछिन ।

 

सम्बन्धित समाचारसबै