‘झरी पछिको इन्द्रेणी’को अष्ट्रेलिया राइट्स विक्री

0 Shares

सिनेसुत्र, बिराटनगर- प्रदर्शन अगाडि नै चर्चामा रहेको सिनेमा झरी पछिको इन्द्रेणी को अष्ट्रेलिया राइट्स बिक्री भएको छ । झरी पछिको इन्द्रेणी को अष्ट्रेलिया राइट्स अष्ट्रेलियामा रहेका राम कार्कीले किनेका छन् ।

अष्ट्रेलियामा स्थापित नेपाली उद्यमी राम कार्की नेपाली समुदायबीच परिचित नाम हुन् । शिक्षा र माइग्रेशन सेवामा सक्रिय रहेका कार्कीले अष्ट्रेलियामा मोर्टगेज ब्रोकर फर्म, एकाउन्टिङ फर्म तथा विभिन्न हस्पिटालिटि व्यवसायहरू समेत सञ्चालन गरिरहेका छन् ।

व्यवसायिक सफलताको साथसाथै, उनी नेपाली कला, संगीत, सिनेमा र खेलकुद क्षेत्रलाई पनि उत्तिकै माया गर्ने व्यक्ति हुन् । कार्कीले जानकारी दिए अनुसार उक्त सिनेमा नेपालसँगै अष्ट्रेलियाका प्रमुख शहरहरूमा रिलिज गरिनेछ ।

“यो सिनेमा अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका लागि मनोरञ्जनात्मक र सन्देशमूलक बन्नेछ भन्ने विश्वास छ,” कार्कीले बताए । ९ वर्षपछि पुनरागमन गरेका गणेश उप्रेतीको मुख्य भूमिका रहेको झरी पछिको इन्द्रेणी मा निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौला लगायतका कलाकारको अभिनय रहेको छ ।

सिनेमा बालेन शाहको र्याप रहने चर्चाका कारण प्रतिक्षित बनेको छ ।

सम्बन्धित समाचारसबै