रुचाइयो ‘अभिमन्यु : च्याप्टर–१’को आइटम डान्ससहितको ‘लड्की गोरी’

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’को शुक्रबार रिलिज भएको गीत ‘लड्की गोरी’ले दुई दिनमा १० लाख बढी भ्युज पाएको छ। भोजपुरी लवजमा तयार भएको गीत डान्सिङ प्याटर्नमा छ। माजाले नाच्न मिल्ने गीत दर्शकले मन पराएका छन्। यो गीत मेला, महोत्सव तथा उत्सवहरूमा युवा जमातले दिल खोलेर नाच्ने खालको छ।

पछिल्लो समय डान्सिङ गीतहरू चलिरहेको समयमा यो प्यार्टनको गीत आउँदा दर्शकले खुला हृदयले स्वागत गरेको पाइएको छ। यो गीत तराई क्षेत्रमा थप मन पराउने निश्चित छ। तराईमा भोजपुरी गीत बजाएर गाउने नाच्ने गरिएको अवस्थामा नेपाली शब्द नै रहेको यो लवजमा आएको गीत तराईमधेशमा सदाबहार हुने सम्भावना उच्च छ।गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको छ। संगीत संयोजन विषम आचार्यले गरेका छन्। गीतमा आइटम डान्स जुना सुन्दासको छ। कोरियोग्राफी रोहन विश्वकर्माको छ। सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते रिलिज हुँदैछ। हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुने निर्माण पक्षले जनाएको छ।

हिन्दी भर्सन पनि वल्र्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन्। सिनेमाले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने बताइएको छ। पोस्टप्रोडक्सनमा रहेको सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’को मुख्य भूमिकामा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन्।सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’लाई सुशान्त गौतमले निर्देशन गरेका छन्। यो उनको डेब्यु निर्देशन हो। मुकेश खनालको लेखन रहेको सिनेमा को क्रिएटिभ निर्देशक मदन थापा हुन्।

‘अभिमन्यु : च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् भने कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।

जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस सिनेमा मा मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादक रहेका छन्। ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ। भिडियो हेर्नुहोस :

सम्बन्धित समाचारसबै