मरिचमान श्रेष्ठको पहिलो फिचर सिनेमा ‘गोबर गणेश’ शुभमुहूर्त सम्पन्न : माघ १ मा रिलिज

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘गोबर गणेश’ को शुभमुहूर्त गरिएको छ। काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज सिनेमा को शुभमुहूर्त गरिएको हो। शुभमुहूर्तमा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)सहित सिनेमा का अधिकांश कलाकारको उपस्थिति रहेको थियो। क्यामेरा पूजा गर्दै सिनेमा को सट लिएर शुभमुहूर्तमा केदार घिमिरे ‘माग्ने बुढा’ले नरिवल फोडे र कलाकार रवि गिरीले क्ल्याप हानेर गरिएको हो।

सिनेमा को छायांकन पनि आजैबाट सुरु भएको छ। काठमाडौंबाट सुरु भएको सिनेमा को छायांकन पोखरालगायतका स्थानमा हुनेछ। करिब ३५ दिनको छायांकन सेड्युल रहेको निर्देशक श्रेष्ठले जानकारी दिए। “आजबाट हामीले सिनेमा को छायांकन सुरु गरेका छौँ ।हाम्रो कला र शिपले भ्याएर जानेसम्म राम्रो काम गर्ने प्रयास गर्नेछौँ,” निर्देशक श्रेष्ठले भने, “हामीलाई सानो पर्दामा जसरी दर्शकले साथ र माया दिनुभयो, त्यस्तै माया र साथ ठूलो पर्दाका दर्शकले पनि गरिदिने विश्वास छ।” मरिचमान श्रेष्ठले निर्देशन गर्ने ‘गोबर गणेश’ माघ १ गते रिलिज हुनेछ।

उनको यो पहिलो फिचर सिनेमा निर्देशन हो। ‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बनेका उनी त्यसपछि आफैँ टेलिचलचित्र निर्देशनमा आएका थिए। उनका टेलिचलचित्र ‘हल्का रमाइलो’ र ‘जुठे’ दर्शकमाझ लोकप्रिय छन्। बल्छी धुर्बे फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको यस सिनेमा मा अभिनेत्री वर्षा सिवाकोटी छिन्।यस्तै अन्य कलाकारमा मरिचमान श्रेष्ठ, विनोद न्यौपाने, पदम तामाङ, विल्सन विक्रम राई, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, राजु याक्छा, रामप्रसाद खनाल, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमलसेना र पुजन घिमिरे (पुकु)लगायत छन्।

तारानाथ न्यौपाने चिफ एडी रहेको सिनेमा मा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहनेछ। टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने सिनेमा को डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ। नेपालमा यस सिनेमा को वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ।

सम्बन्धित समाचारसबै