सिनेसुत्र, बिराटनगर- सिनेमा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ आजबाट दोस्रो हप्तामा प्रवेश गर्दै छ । राम्रो वर्ड अफ माउथ पाएको सिनेमा शुक्रबार (आज)बाट दोस्रो हप्तामा प्रवेश गर्दैछ ।
आम निम्ममध्यम बर्गिय नेपालीले भोगिरहेको समस्यालाई उठान गरेर बनाइएको सिनेमा ले सकारात्मक वर्ड अफ माउथ पाएको छ । बाबाआमालाई आर्थिक अभावबाट बाहिर निकाल्न छोरोले गर्ने संघर्षको कथा सिनेमा ले उठान गरेको छ । यसलाई दर्शकले सकारातमक प्रतिक्रिया दिइरहेका छन् ।
“हाम्रो सिनेमा लाई दर्शकले राम्रो प्रतिक्रिया दिइरहनु भएको छ । त्यसैले दोस्रो हप्तामा थप राम्रोसँग सिनेमा चल्छ भन्ने हाम्रो विश्वास छ,” निर्देशक हिमाल न्यौपानेले भने, “वर्ड अफ माउथ राम्रो भएकाले सिनेमा पनि त्यही अनुसार चल्छ भन्ने हाम्रो विश्वास छ ।”
सिनेमा हेरेर भावुक हुँदै रोइरहेका भिडियोहरू बाहिर आइरहेका छन् । ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय छ ।
हिमाल न्यौपानेले निर्देशन गरेको ‘जनै हराएको मान्छे’ सिनेमा को असोसिएट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । पेपरक्लिपको ब्यानरमा निर्माण भएको सिनेमा का निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् ।
कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् । थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको सिनेमा मा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।
सिनेमा को कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । सिनेमा का निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् । गोविन्द शाहीको काफिया फिल्मसले वितरण गरेको छ ।