‘नाता’ सिरियलको सेटमा निर्देशक,कलाकार शिशिर भण्डारी घाइते

0 Shares

सिनेसुत्र, बिराटनगर- लोकप्रिय टेलि सिरियल ‘नाता’ को सुटिङ सेटमा निर्देशक शिशिर भण्डारी दुर्घटनामा परेका छन्। सुटिङ भैरहेको बेला दैलोमा खुट्टा चिप्लिएर लडेपछि उनको ढाडमा चोट लागेको हो।

शिशिर भण्डारीले आफैं सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी दिँदै भनेका छन्, “सुटिङ भैरहंदा दैलोमा खुट्टा चिप्लिएर लड्दा कम्ता दुखेन। तर के गर्नु, फेरि उठेर काम गर्नै पर्यो। धन्न भित्री चोट लागेन, बिस्तारै निको हुँदै छु।”उनले थप भनेका छन्, “हामी दुख गरेर बनाउँदै गर्छौं, हजुरहरूले भने ‘नाता’ सिरियल हेर्दै गर्नुहोला।” हाल शिशिर भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको र बिस्तारै निको हुँदै गएको जनाइएको छ।

‘नाता’ सिरियल नेपाली दर्शकमाझ निकै लोकप्रिय छ र अहिले नियमित रूपमा शिशिर भण्डारी युटुब च्यानल मार्फत प्रसारण हुँदै आएको छ। सिरियल हेर्नुहोस :

सम्बन्धित समाचारसबै