‘अभिमन्युः च्याप्टर वान’ ट्रेलर विवाद : अपमानजनक शब्दप्रति सेभेन सिज सिनेमाको बिज्ञप्ति

0 Shares

सिनेसुत्र, बिराटनगर- भदौ २७ गत्ते नेपालीमा र अशोज ६ गत्ते देखि हिन्दीमा वर्डवाइड प्रदर्शन हुने तयार्रिमा रहेको सिनेमा ‘अभिमन्युः च्याप्टर वान’को  ट्रेलर रिलिज कार्यक्रममा कलाकारहरूलाई लक्षित गर्दै ‘नचलेका कलाकार’ भन्ने शब्द प्रयोग भएको घटनाप्रति संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सेभेन सिज सिनेमा को आयोजनामा गरिएको भएको कारण संस्थाले सार्वजनिक विज्ञप्ति मार्फत उक्त शब्दले कलाकारहरूको सम्मानमा आँच पुगेकोमा दुःख व्यक्त गर्दै सम्पूर्ण कलाकारहरूसँग हार्दिक माफी मागेको छ। विज्ञप्तिमा भनिएको छ, “यस चलचित्रमा संलग्न कलाकारहरू विगत लामो समयदेखि निरन्तर मेहनत, लगनशीलता र जिम्मेवारीका साथ नेपाली सिनेमा र कला क्षेत्रमा योगदान दिँदै आउनुभएको प्रतिष्ठित व्यक्तित्वहरू हुनुहुन्छ।कलाकार, साहित्यकार, स्रष्टा तथा सिर्जनशील व्यक्तिहरू राष्ट्रका गहना हुन्। सबै कलाकारको योगदानको सम्मान गर्नु हाम्रो दायित्व हो। यसरी शब्दको अयोग्य, अनुचित प्रयोगले कलाकारहरूको मनोबल गिराउने कार्य अस्वीकार्य छ।”

अध्यक्ष बिनोद पौडेल ले सोही दिन फेसबुकमा पनि आपत्ति जनाउँदै लेखेका थिए, “राम्रो अभिनय गर्न आउने कलाकार र नजान्ने कलाकार हुन्छ होला। तर कहाँबाट आयो यो ‘नचलेका कलाकार’ भन्ने कुरा? ट्रेलर हेर्दा त्यस्तो लाग्छ र? यसरी प्रश्न गर्दा कलाकारलाई कति दुःख लाग्छ खै बुझेको? प्रश्न गर्न सजिलो छ, तर यसरी अपमान!!! शब्द चयन गर्दा ‘Underrated’ प्रयोग गर्दा राम्रो हुन्थ्यो।”

सिनेमा र कलाकारहरूको प्रदर्शन सामाजिक सञ्जालमा चर्चा पाईरहेको बेला अयोग्य  शब्दको प्रयोगले विवाद सिर्जना गरेको छ। ट्रेलर हेर्नुहोस :

सम्बन्धित समाचारसबै