‘यो मन त मेरो नेपाली हो’ को ५१ औँ दिनमा चलचित्र ‘स्वाह’ निर्माणको घोषणा : लगानी करिब ४ करोड

0 Shares

सिनेसुत्र, बिराटनगर- असार २७ बाट प्रदर्शनमा आएको सिनेमा ‘यो मन त मेरो नेपाली हो’ को टिमले प्रदर्शनको ५१ औँ दिन मनाएको छ। बालाजुस्थित अष्टनारायण हलमा प्रदर्शनको ५१ औँ दिन मनाइएको हो।

सिनेमा निर्माण टिमले अष्टनारायण हलमा केक काटेर सेलीब्रेशन गरेको थियो। कार्यक्रममा निर्माता तथा कलाकार रोशन श्रेष्ठ ले भने, “जति दर्शक आउँछन् स्वतस्फुर्त टिकट काटेर आएका हुन्। सायद सिनेमा ठूलो प्रचारमा आएको थिएन, तर ५१ औँ दिन पार गरेकोमा खुशी छौं।”

कार्यक्रममा कलाकार संघका अध्यक्ष मोहन निरौला, राजकुमार राई, रविन्द्र खड्का लगायत सिनेमा कर्मीहरू उपस्थित थिए। सिनेमा टिम तथा संचारकर्मीहरूलाई मायाको चिनो पनि प्रदान गरिएको थियो।सिनेमा ‘यो मन त मेरो नेपाली हो’ मा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुषा समाल र बुद्धि तामाङको प्रमुख भूमिका छ। ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा निर्माण गरिएको यस सिनेमा निर्माता ज्ञानबहादुर प्रधान र रोशन श्रेष्ठ हुन्।

कथा तथा निर्देशन मित्र प्रधानको रहेको छ भने पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका छन्। हाल सिनेमा अमेरिकाका विभिन्न शहरमा प्रदर्शन भइरहेको छ।यस्तै, सिनेमा टिमले नयाँ सिनेमा ‘स्वाह:’ निर्माणको घोषणा गरेको छ। पोस्टर सार्वजनिक गर्दै निर्माण तथा निर्देशन मित्र प्रधानले गर्ने जानकारी दिइएको छ। रोशन श्रेष्ठ मुख्य भूमिकामा देखिने यस सिनेमा हिमाली भेगको कथामा निर्माण हुँदैछ र करिब ४ करोडको लगानीमा तयार हुने छ।

शिवम अधिकारी पटकथा तथा संवाद रहने यस चलचित्रमा रोशन श्रेष्ठ मुख्य भूमिकामा देखिदै छन् भने अन्य कलाकारहरु छिट्टै सार्वजनिक गरिने निर्माण टिमले जानकारी गराएको छ । हिमाली भेगको कथामा निर्माण गरिने चलचित्र स्वाह: करिब ४ करोडको लगानीमा निर्माण हुन् लागेको हो ।

सम्बन्धित समाचारसबै