भदौ २७ बाट प्रदर्शन हुने ‘अभिमन्यु : च्याप्टर–१’ को टाइटल ट्रयाक सार्वजनिक : भियोमाको र्‍याप

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’ को टाइटल ट्रयाक सार्वजनिक भएको छ। टाइटल ट्रयाकमा र्‍यापर भियोमाको शब्द, संगीत र स्वर समावेश छ। जिन्दगी नै रहस्यमयी रहेको बताउने र्‍यापले पैसाले मान्छेको असली चरित्र देखाउने प्रयास गरेको छ। र्‍यापमा पैसामा माया साट्ने र पैसाकै कारण सम्बन्धहरू टुट्ने यथार्थ चित्रण गरिएको छ।

कसको पछाडि को लागेको छ भन्ने रहस्यले दिने तनाव र त्यसले जिन्दगीलाई सडकमा झारेको तथ्य, र्‍यापमा षड्यन्त्रकै जालोमा फसेको जिन्दगी र त्यसकै केसको वरिपरि रुमलिएको तनावपूर्ण जीवन चित्रण गरिएको छ। सिनेमा पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने निर्माणपक्षले बताएको छ। यही कथा टाइटल ट्रयाकमा देख्न सकिन्छ।भिडियोमा र्‍यापर भियोमा आफैँ फिचर्ड छन्। उनीसँगै सिनेमाका चल–अचल दृश्य पनि समेटिएका छन्। टाइटल ट्रयाकले पैसाका पछाडि लाग्ने पात्रले भोग्ने समस्या र पाउने दुखमा सिनेमा रहेको थप प्रष्ट पारेको छ।

सिनेमा ‘अभिमन्यु’ भदौ २७ गते रिलिज हुँदैछ। यसको हिन्दी भर्सन असोज ६ (सेप्टेम्बर २२) मा वल्र्डवाइड रिलिज हुनेछ।

सिनेमामा कामेश्वर चौरासिया, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौलाल लगायतको अभिनय रहेको छ। सेभेन सिज सिनेमाको प्रस्तुतीमा निर्माण भएको सिनेमा ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गरेका छन्।मुकेश खनालको लेखन रहेको सिनेमाको क्रिएटिभ निर्देशक मदन थापा हुन्। निर्माता विनोद पौडेल र गुञ्जन गिरी रहेका छन् भने रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता हुन्। कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।

सिनेमामा जीवन शाक्य लाइन प्रोड्युसर, मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग संयोजन, मदन घिमिरे सम्पादक, र शरद महतो डिओपी रहेका छन्। भिडियो हेर्नुहोस :

सम्बन्धित समाचारसबै