हरिवंश आचार्यको ‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० पर्दामा रिलिज हुँदै

0 Shares

सिनेसुत्र, बिराटनगर- नेपालमा असोज १३ गते दशैँको फूलपातीबाट रिलिज हुने सिनेमा ‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० पर्दामा एकसाथ रिलिज हुने भएको छ। अमेरिकामा यो सिनेमालाई आहाना पौडेल वितरण गर्नेछन्। उनको सिनेमा वितरणमा यो डेब्यु हो। नेपाली सिनेमा वितरक उज्ज्वल पौडेलका छोरा हुन्। पछिल्लो समय टेक्सासमा बसोबास गर्दै आएका उनले हरिवंश आचार्य स्टारर सिनेमालाई त्यहाँको बक्स अफिसमा रिलिज गर्न लागेको जानकारी दिईसकेको छ।उनको वितरण कम्पनी सिनेमा इन्टरटेनमेन्ट एलएलसी ले अमेरिकाका ८० पर्दामा सिनेमा रिलिज गर्न लागेको हो। टेक्सास, न्यूयोर्क, ओहायो, पेन्सिलभेनिया, कनेक्टिकट, न्यू ह्याम्सायर, मासाचुसेट्स, नेब्रास्का, जर्जिया, मिजौरी, विसकन्सिन, नर्थ डेकोटा, मिनेसोटा, आयोवा, मेरिल्याण्ड, वासिङ्टन डीसी, भर्जिनिया, उटाह लगायतका सहर र राज्यमा सिनेमा लाग्नेछ।त्यहाँका सिनेमार्क, सिनेपोलिस, रेगल सिनेमाज, मार्कस सिनेमाज र एप्पल सिनेमाज लगायतका चेनमा सिनेमा रिलिजको तयारी भैरहेको आहानले जानकारी दिए। सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको सिनेमालाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन्। सिनेमामा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, राजाराम पौडेल, किरण केसी, दिनेश काफ्ले, सिता न्यौपाने, दिव्य देव लगायतका कलाकारको अभिनय रहेको छ।

सम्बन्धित समाचारसबै