‘परिवर्तन’को पहिलो पोस्टरमा सुशील श्रेष्ठ आगो, तरबार र प्रतिशोधको द्वन्द्व : माघ ९ देखि प्रदर्शनमा

0 Shares

सिनेसुत्र, बिराटनगर- दिब्यासी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा ‘परिवर्तन’को पोस्टर रिलिज भएको छ। निर्माण टिमले सोमबार सिनेमाको पहिलो पोस्टर रिलिज गर्दै आगामी माघ ९ (जनवरी २३) बाट प्रदर्शन मिति समेत तोकेको छ।पोस्टरमा देखिएअनुसार सिनेमामा मुख्य पात्र एक्शन अवतारमा मुख्य अभिनेता सुशील श्रेष्ठ प्रस्तुत भएका छन्। जसमा आगो, लडाइँ र प्रतिशोधको झल्को पाइन्छ। उनले हातमा बोकेको तरबारमा आगोको राप देखिन्छ। सस्पेन्स र एक्सन मिश्रित यो कथामा परिवर्तनको यात्रामा नायकले भोग्ने संघर्षलाई केन्द्रमा राखिएको संकेत पोस्टरमै देखिन्छ।ब्याकग्राउण्डमा उनले केही नेता जस्ता मान्छेहरुलाई रोक्ने या सम्झाउदै गरेको पनि देखिन्छ। यो हेर्दाखेरि देशको सीमानाको विषयमा लडाइँ परेको हो कि भन्ने अनुमान गर्न सकिन्छ। खासमा के भएको हो भन्नका लागि यसको टिजर र ट्रेलरको प्रतिक्षा गर्नुपर्ने हुन्छ। पोस्टरमा देखिए अनुसार अभिनेता सुशीलको अहिलेसम्मकै बबाल एक्सन यो सिनेमामा रहेको छ भनेर बुझ्न सकिन्छ। एक्शन निर्देशन श्री श्रेष्ठले गरेका छन्। यस सिनेमाको पोस्टर हेर्दा श्रीको काम अघिल्ला सिनेमामा भन्दा पृथक देखिन्छ। किनभने उनको पोस्टरले नै उनले सिनेमाका लागि कति मेहनत गरेका छन् भन्ने सोझै अनुमान लगाउन सकिन्छ।निर्देशक विजय केरुङले निर्देशन गरेको यस सिनेमामा कथा तथा निर्माण दीपक सिवाकोटीको छ। सिनेमामा सुशील श्रेष्ठका अतिरिक्त अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी, सुवास मेचे, बुद्धि तामाङ, पुकार भट्टराई, यामनाथ खरेल, गौतम तिवारीलगायत कलाकारहरूको मुख्य भूमिका छ। सिनेमालाई शिवम् अधिकारीले लेखेका हुन्। सिनेमाको ब्याकग्राउण्ड म्युजिक बलिउडका कालाचरणको छ। यस सिनेमाको सह–सम्पादन उमेश थापाले गरेका छन्। साथै एसोसिएट निर्देशकमा नवराज शर्मा रहेका छन्। कलरिस्ट राजेन्द्र मोक्तान रहेका छन्।

निर्माण पक्षका अनुसार सिनेमाको कथा, संवाद र गीत–संगीत नेपाली समाजमा परिवर्तनको चाहनासँग सम्बन्धित छ। डिओपी शिव ढकालको छ भने सिनेमाको सम्पादन बन्दे प्रसादले गरेका छन्। यसको प्रोडक्सनको काम अरुण रेग्मीले सम्हालेका छन्। सिनेमाको डिजिटल साझेदार ‘ओएसआर’ र वितरण आर.आर. फिल्म्सले गर्ने भएका छन्।

सम्बन्धित समाचारसबै