बलिउड गायकको स्वरमा पलको एन्ग्री अवतार । “रावायण”को शीर्ष गीतको भिडियो सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- भदौ २१ गते हरितालिका तीजको अवसरमा रिलिज हुन लागेको सिनेमा “रावायण”को टिजर पछि गत मंगलबार उक्त सिनेमाको शीर्ष गीतको भिडियो युट्युबमा सार्वजनिक गरिएको छ ।

उक्त सिनेमाको गितमा भारतको वहु प्रतिक्षित् सिनेमा ‘पुष्पा २’ का चर्चित गीत ‘पुष्पा पुष्पा’का गायक नकाश अजिजको स्वर रहेको छ । अभिनेता पल शाहको पहिलो एक्सन सिनेमाको गितको भिडियोमा पनि उनलाई एक्सन र एन्ग्री अवतारमा देखाइएको छ ।
गीतको भिडियोको सुरवातमा बडेमानको शिव लिंगको अगाडी तपस्यामा बसेको नायक पललाइ देखन सकिनेछ ।
भिडियोमा फिल्मका शीर्ष कलाकार पुजा शर्मा, पल शाह फिचर्ड छन् भने, निर्देशक सुदर्शन थापाले पनि गीतको भिडियोमा आफ्नो दमदार प्रस्तुति दिएका छन् ।

सिनेमा केहि फरक बनेको भनेर यस अघिनै सिनेमाको टिजर हेर्ने दर्शकले दिएको प्रतिक्रियाले पुष्टि गरिसकेको छ । यस पटक भने सिनेमाको शिर्ष गीतको भिडियोले फेरी दर्शकको मन जितनेमा निर्मार्ण टिम बिस्वस्त छन ।
एक्सनप्रधान सिनेमा ‘रावायण’ मा पलले दोहोरो भूमिका निर्वाह गरेका छन् । उक्त सिनेमामा प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, अर्जुन जंग शाही, शर्मीला मल्ल, प्रदीप ढकाल, निकिता चण्डकको पनि अभिनय छ।
सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको सिनेमाको निर्माता पूजा शर्मा हुन् भने, सुशन पाठक कार्यकारी निर्माता हुन् ।

 

सम्बन्धित समाचारसबै