अर्जुन सुवेदी निर्देशित ‘सोल्टिनी’को ट्रेलर सार्वजनिक : प्रकाश र परीक्षाको प्रेमकथा, समाजका विभेदमाथि सशक्त प्रहार

0 Shares

सिनेसुत्र, बिराटनगर- कार्तिक ६ गते भाइटीकाको दिन रिलिज हुन लागेको नेपाली सिनेमा ‘सोल्टिनी’ को ट्रेलर सोमबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित उक्त कार्यक्रममा सिनेमा युनिटका कलाकार, निर्देशक तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।निर्देशक अर्जुन सुवेदी, अभिनेता प्रकाश सपुत, अभिनेत्री परीक्षा लिम्बु, अभिनेता विल्सन बिक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, अभिनेत्री सबु गुरुङलगायतको उपस्थिति रह्यो। ट्रेलरमा एक अर्ग्यानिक नेपाली प्रेमकथा प्रस्तुत गरिएको छ, जसमा सामाजिक र पारिवारिक अप्ठेराबीच अंकुरिएको प्रेमको संवेदनशील चित्रण गरिएको छ।

ट्रेलरले अन्तरजातीय प्रेममा देखा पर्ने सामाजिक विभेद, समुदायबीचको असमानता र त्यसले निम्त्याउने सङ्घर्षपूर्ण परिस्थितिलाई उजागर गरेको छ। कथा मुख्यतः अभिनेत्री परीक्षा लिम्बुको वरिपरि केन्द्रित छ, जहाँ उनी र अभिनेता प्रकाश सपुतबीचको प्रेमकथा सिनेमा को मुख्य धागोका रूपमा प्रस्तुत गरिएको छ।‘सोल्टिनी’ लाई निर्देशक अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। लेखनमा अर्जुन सुवेदी र कुमार भट्टराई रहेका छन्। प्रकाश सपुत र परीक्षा लिम्बुसँगै सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडा, विल्सन बिक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायत कलाकारको अभिनय रहेको छ।

निर्देशक सुवेदीका अनुसार ‘सोल्टिनी’ ले समाजमा विद्यमान जातीय विभेद, अमानवीयता र प्रेममा आउने सामाजिक अड्चनविरुद्धको सशक्त आवाज उठाउने उद्देश्य लिएको छ। ट्रेलर हेर्नुहोस :

सम्बन्धित समाचारसबै