“रावायणको ट्रेलरले युट्युबमा मच्चायो हंगामा: पल शाहको एक्सन अवतारले बटुल्यो करोडौं भ्यूज”

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘रावायण’को ट्रेलरले युट्युबमा केही घण्टामै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लिएको छ। सार्वजनिक भएको २४ घण्टा नबित्दै ट्रेलरले १ मिलियन भन्दा बढी भ्यूज प्राप्त गरेको छ। यो समाचार लेख्ने बेलासम्म, ट्रेलरलाई १५ लाख पटक हेरिएको छ।

ट्रेलरमा अभिनेता पल शाहको एक्सन अवतार र अभिनेत्रीद्वय पूजा शर्मा र प्रियंका कार्कीको फरक चरित्रलाई दर्शकहरूले अत्याधिक प्रशंसा गरेका छन्।

३ मिनेट ३ सेकेन्ड लामो ट्रेलरमा द्वन्द्वका दृश्यहरूलाई विशेष प्राथमिकता दिइएको छ। दाह्री र जुँगाको गेटअपमा देखिएका पल शाहको दमदार एक्सनलाई ट्रेलरको मुख्य आकर्षण बनाइएको छ।

भदौ २१ गतेबाट रिलिज हुने सिनेमा ‘रावायण’मा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको छ। सिनेमा निर्माण पक्षले यसलाई उच्च बजेटको सिनेमा भन्दै प्रचार गरेको छ, जसमा शिवम अधिकारीको लेखन र प्रदीप श्रीवास्तवको पटकथा रहेको छ।

सिनेमाको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल पार्टनरको रूपमा ओएसआर डिजिटल रहेको छ।

यस सिनेमाले दर्शकहरूबीच कत्तिको लोकप्रियता पाउने हो भन्ने कुरा यसको प्रदर्शनपछि नै थाहा हुनेछ, तर ट्रेलरको प्रतिक्रिया हेर्दा, ‘रावायण’ सिनेमा पनि युट्युबमा रामायण जस्तै ऐतिहासिक सफलता पाउने सम्भावना छ।

सम्बन्धित समाचारसबै