सिनेसुत्र, बिराटनगर- सिनेमा ‘शिवांश’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले आज युट्युबमार्फत टिजर सार्वजनिक गरेको हो । ‘सुरुआत नै अन्त्य हो र अन्त्य नै शिवांश’ भन्दै सुरु हुने टिजर छोटो–मिठो छ । टिजरमा सिनेमाका मुख्य कलाकार प्रवीण खतिवडा छन् । उनी सन्तको भूमिकामा देखिएका छन् । हातमा त्रिशूल बोकेर मन्दिरअगाडि पुगेपछि टिजर सकिन्छ ।
ओजपूर्ण आवाज, कलर, दृश्य र संवादसहितको टिजरले कौतुहलता सिर्जना गरेको छ । सिनेमाको कथाबारे निर्माणपक्षले हालसम्म केही पनि जानकारी दिएको छैन । टिजरमा पनि कथा सस्पेन्समै राखिएको छ । सिनेमा ‘शिवांश’ फागुन ३ गते रिलिज हुनेछ । महाशिवरात्रिको अवसर पारेर सिनेमा प्रदर्शनमा ल्याउन लागिएको हो ।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने सिनेमाका निर्देशक सन्तोष कुमार आत्रेय हुन् । यो उनको डेब्यु निर्देशकीय सिनेमा हो । निर्मातामा अञ्जान केसी छन् ।
प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा छन् । सिनेमामा विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायत कलाकारको अभिनय रहनेछ। साथै बिमला लिम्बू, प्रदीप कुमार चौधरी, सबीर चौराउटे, उदय कुमार सुब्बा, टिका निरौला र कुन्दनको पनि अभिनय रहनेछ ।
सिनेमाको कथा अञ्जान केसीले लेखेका हुन् । सिनेमाका सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । स्क्रिनप्ले बारत लिम्बूको छ । सिनेमामा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना रहनेछ । संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको छ । राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर रहनेछ ।
सिनेमामा द्वन्द्व निर्देशन मिलन श्रेष्ठको रहनेछ भने कोरियोग्राफर विक्रम चोहान रहनेछन् । मिलन मानन्धर प्रोडक्सन म्यानेजरका रूपमा रहने सिनेमामा आर्ट डिरेक्टर तथा प्रोडक्सन डिजाइनर प्रतीक चौधरी छन् ।
विराज खड्का भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर रहेको सिनेमामा भीएफएक्स प्रोड्युसरका रूपमा आदेश सुब्बा (गुडरेज पिक्चर्स) छन् । कस्ट्युम कमल मिश्रको छ । एमयूए तुलसा लिम्बू तथा पोस्टर फोटोग्राफी युवाहाङ राईको छ ।
बारत लिम्बू मुख्य सहायक निर्देशक रहेको सिनेमामा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् । सरद महतोको डीओपी रहेको सिनेमाका कार्यकारी निर्माता सम्भू थापा हुन् ।सिनेमाको पोस्ट प्रोडक्सन चलचित्र चौतारीले गरेको छ भने वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन)ले गर्नेछ । टिजर हेर्नुहोस : 
