प्रधानमन्त्री ओलीको उपस्थिति रहेको कार्यक्रम ‘युथ कन्क्लेभ मा ‘रावायण’ को प्रमोशन

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘रावायण’ ले प्रधानमन्त्री ओलीको सहभागिता रहेको कार्यक्रम ” युथ कन्क्लेभ ” मा सिनेमाको स्टेजमा प्रमोसन गरेको छ ।

अहिले भदौ २१ गत्ते बाट प्रदर्शनमा आउने सिनेमा रावायणको प्रचार प्रसार तिब्र रुपले अगाडी बढिरहेको छ ।

काठमाडौँमा आयोजित कार्यक्रम ” युथ कन्क्लेभ ” मा सिनेमा ‘रावायण’ का कलाकार तथा निर्माता समेत रहेकी अभिनेत्री पुजा शर्मा, निर्देशक सुदर्शन थापा, कलाकार प्रमोद अग्रहरी, प्रकाश साह, पुगेका थिए ।

फिनिक्स कलेज र युनिभर्सल कलेजद्वाराआयोजित ‘काठमाडौँ युुथ कन्क्लेभ २०२४’ मा उपस्थित सम्पूर्ण युथलाइ सिनेमाको ट्रेलर समेत देखाइएको थियो ।
ट्रेलर हेरिसके पछि : नायिका पुजा शर्माले युथ हरु एरपोर्टमा मात्र हैन देशमा पनि रहेको जिकिर गर्दै , सम्पूर्णलाइ भदौ २१ गत्ते आफनो सिनेमा ‘रावायण हेर्न अनुरोध समेत गरकी थिइन् ।

प्रमोद अग्रहरी र प्रकाश साहले भने सिनेमाको केहि संवाद सुनाएका थिए, भने निर्देशक सुदर्शन थापाले युथहरु लाइ विदेश नजान अनुरोध समेत गरेका थिए ।
उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि पुगेका थिए ।

 

सम्बन्धित समाचारसबै