“‘रावायण’को प्रचारले युवाहरुलाई तान्यो: टेक्सास कलेजमा उत्साहको सागर

0 Shares

सिनेसुत्र, बिराटनगर- भदौ २१ गते रिलिज हुने सिनेमा ‘रावायण’ले प्रचारप्रसारलाई तीव्र बनाएको छ।

विशेषतया, कलेजका युवाहरूलाई लक्षित गर्दै सिनेमाको प्रचार कार्य अघि बढाइएको छ।

सिनेमाका निर्देशक सुदर्शन थापा, निर्मात्री तथा नायिका पूजा शर्मा, र कलाकार प्रमोद अग्रहरि र प्रकाश शाहको टिम यतिबेला प्रमोसनमा व्यस्त छन्।

आइतबार, टेक्सास कलेजमा आयोजित कार्यक्रममा सिनेमाको टिमले ‘रावायण’ बारे विद्यार्थीहरूलाई जानकारी गराएको थियो।

निर्देशक सुदर्शन थापाले ‘रावायण’को कथावस्तु अहिलेको युवापुस्तालाई लक्षित गरेर निर्माण गरिएको बताए। उनले भने, “रामायणको कथा रामको दृष्टिकोणबाट सुरुवात भएजस्तै, ‘रावायण’को कथा रावणको दृष्टिकोणबाट सुरु हुन्छ।”

निर्मात्री तथा नायिका पूजा शर्माले दर्शकले उनका अघिल्ला सिनेमालाई जसरी माया गरेका थिए, त्यस्तै ‘रावायण’लाई पनि समर्थन दिने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा प्रमोद र प्रकाशले सिनेमामा बोलेका संवादहरू सुनाउँदा दर्शकले हुटिङ र तालीको वर्षात भएको थियो।

सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त निर्माणमा बनेको यो सिनेमामा सुशन पाठक कार्यकारी निर्माता रहेका छन्।

सिनेमामा पल शाह, प्रियंका कार्की, निकीता चण्डक, र अरु थुप्रै चर्चित कलाकारहरूले अभिनय गरेका छन्।

फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजिटल रहेको छ। ‘रावायण’ले युवापुस्ताको ध्यान खिच्न सक्नेमा सिनेमाको टिम आशावादी देखिएको छ।

सम्बन्धित समाचारसबै