हजारौँ दर्शकको उपस्थितिमा सिनेमा “बेहुली फ्रम मेघौली’को औपचारिक प्रमोशन सुरु

0 Shares

सिनेसुत्र, बिराटनगर –  सिनेमा ‘बेहुली फ्रम मेघौली’ को प्रमोशनल अभियान गत शनिवारबाट औपचारिक रूपमा सुरु भएको छ ।

काठमाडौँमा आयोजित “युथ कन्क्लेभ” कार्यक्रममा निर्देशक तथा निर्माता निश्चल बस्नेत, अभिनेत्री तथा निर्मात्री स्वस्तिमा खड्का, कास्टिङ्ग निर्देशक विजय बराल, गायिका इन्द्रकला राइ, र संगीतकार जयन जे वाइबा सहितको टोली उपस्थित भएका थिए ।

सिनेमा प्रदर्शनको संघारमा प्रमोशनको भूमिका अत्यन्त महत्त्वपूर्ण हुनेगर्छ। सिनेमाको सफलता निकै हदसम्म यसका प्रमोशनल गतिविधिहरूमा निर्भर हुन्छ, किनकि दर्शकहरूलाई सिनेमाप्रति आकर्षित गराउन प्रभावकारी प्रचारको आवश्यक पर्दछ । सीमित स्रोतसाधनका बाबजुद पनि नेपाली सिनेमाहरूले विभिन्न माध्यमबाट प्रचारप्रसार गर्ने प्रयास गरिरहेका हुन्छन तर कति नेपाली सिनेमाले प्रचार प्रसारमा ध्यान नदिएकै कारण सिनेमा घरमा प्रदर्शन भएको भोलि पल्टनै उतारिने गरेको सत्य लुकेको छैन । यस्तै त्रुटी हरुलाई मध्यनजर गर्दै केहि सिनेमा मेकर हरुले भब्य प्रचार प्रसार गर्ने गरेका छन |

सिनेमा ‘बेहुली फ्रम मेघौली’ ले पनि आफनो प्रचार प्रसारलाइ तिब्र बनाउदै काठमाडौँ बाट हजारौ दर्शकहरुको उपस्थिति रहेको “युथ कन्क्लेभ” कार्यक्रममा सिनेमाको टिजर देखाएर दर्शक सम्म सिनेमाको जानकारी पुगाउने प्रयास गरेका छन । उक्त कार्यक्रममा गायिका इन्द्रकला राइले सिनेमा ‘बेहुली फ्रम मेघौली’ को सार्वजनिक गीत “उडायो मन” गाएर माहोल तताएकि थिइन् भने, जयन जे वाइबाले “छड्के सलाम” गीत गाएका थिए , वाइबाले गित गाउदै गर्दा निश्चल र स्वस्तिमाले नाच्दै इन्ट्री गरेका थिए , निश्चलले वाइबाले गएको गितमा मज्जाले डान्स समेत गरेका थिए ।

कार्यक्रममा निश्चल बस्नेतले सबैलाई सिनेमाको ट्रेलर र गीतहरू सेयर गर्न आग्रह गरे, भने स्वस्तिमा खड्काले पारिवारिक सिनेमाको महत्त्व र युवाहरूले आफ्ना परिवारसँग सिनेमा हेर्नुपर्ने आवश्यकता प्रकट गरिन्। बिशेष गरि उमेर पुगे पछि बिवाहको दबाब खेप्नु परेको युथले आफनो परिवार संग सिनेमा हेर्न आग्रह गरेकी थिइन् ।

‘बेहुली फ्रम मेघौली’ जस्ता सिनेमाहरूले टिजर,ट्रेलर, सामाजिक सञ्जालमा देखाएको सक्रियता र विशेष कार्यक्रमहरूमा सहभागिता जनाउनु जस्ता विभिन्न उपायहरू प्रयोग गरेर सिनेमाको प्रचार गर्नु सिनेमा आउदै छ भनेर जानकारी पुगाउनु हो। यसले दर्शकहरूमा चासो बढाउने मात्र होइन, सिनेमाप्रति उनीहरूको आशा र उत्साहलाई पनि बढावा दिन्छ।

सिनेमा ‘बेहुली फ्रम मेघौली’ ले हालै मात्र आफ्नो टिजर सार्वजनिक गरेपछि प्राप्त सकारात्मक प्रतिक्रियाले यो सिनेमा प्रति दर्शकहरूको उच्च अपेक्षा रहेको देखिन्छ। असोज १७ गते घटस्थापनाको दिन यस सिनेमाको प्रदर्शन सुरु हुनेछ, र प्रमोशनल अभियानले प्रदर्शन मितिसम्म जनचासो अझै बढाउने अपेक्षा गरिएको छ।

प्रमोशनल गतिविधिहरूले मात्र नभएर सिनेमाको सफलतामा सकारात्मक प्रतिक्रिया र दर्शकहरूको समर्थनले पनि महत्वपूर्ण भूमिका खेल्छ। नेपालमा सिनेमा निर्माण र वितरणका चुनौतीहरूका बावजुद, सफल प्रमोशनल अभियानहरूले सिनेमा क्षेत्रमा सकारात्मक प्रभाव पार्दै आएका छन्, र ‘बेहुली फ्रम मेघौली’ पनि यसलाई अझै नयाँ उचाइमा पुर्याउने लक्ष्यमा छ।

टिजर हेर्नुहोस :

सम्बन्धित समाचारसबै