जीवन सिंहको निर्देशन”मा नयाँ नेपाली सिनेमा ‘हन्टर’ निर्माणको घोषणा : मुख्य भूमिकामा अरुण क्षेत्री

0 Shares

सिनेसुत्र, बिराटनगर-  नयाँ नेपाली सिनेमा ‘हन्टर’ को निर्माणको घोषणा गरिएको छ।

निर्माण टोलीले श्रीकृष्ण जन्माष्टमीको अवसरमा सोमबार चलचित्रको नाम सार्वजनिक गर्दै मुख्य नायकबाहेक अन्य कलाकार र प्राविधिक टोलीलाई गोप्य राखिएको छ ।

उक्त सिनेमामा निर्देशन जीवन सिंहको रहने छ , जुन उनको पहिलो निर्देशन हुनेछ।

चलचित्रको मुख्य भूमिकामा अरुण क्षेत्री रहनेछन्, जसले ‘महापुरुष’, ‘प्रेमा’, र ‘ज्याकी आईएम २१’ जस्ता सिनेमा मार्फत आफ्नो अभिनय क्षमता प्रस्तुत गरिसकेका छन्। अन्य कलाकारको नाम केही दिनमा घोषणा गरिनेछ।

क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने ‘हन्टर’ सुदूरपश्चिमको कथामा आधारित रहने छ।

निर्देशक सिंहका अनुसार, यो सिनेमा एक्सन जनरामा हुनेछ।

उनले भने, “‘हन्टर’ एक वास्तविक पात्रको कथाबाट प्रेरित छ, तर हामीले सिनेम्याटिक लिबर्टी लिएर यसलाई फिक्सनको साथ प्रस्तुत गर्नेछौँ। यसले सिनेमा थप रोचक बनाउने विश्वास छ।”

सिनेमा पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा निर्माण गरिनेछ। प्रि-प्रोडक्सन कार्य भइरहेको छ भने छायांकन पश्चिम नेपालमा हुने बताइएको छ।

सम्बन्धित समाचारसबै