‘वर एण्ड वधु’ आँचल र विवेकले गरे ‘कन्या पूजा’ : दश हजार भन्दा बढी दर्शकको सहभागिता”

0 Shares

सिनेसुत्र, बिराटनगर-  बनेपामा आज कृष्ण जन्माष्टमीको अवसर पारेर आयोजित ‘कन्या पूजा’ कार्यक्रममा सिनेमा ‘वर एण्ड वधु’का मुख्य कलाकारहरु सहभागी भए। नायिका आँचल शर्मा, नव–नायक विवेक कर्मचार्य, कलाकार किरण केसी, रविन्द्र खड्का, मोडल कुसुम शर्मा र विजु पार्कीले यस धार्मिक कार्यक्रममा सहभागी भएर ‘कन्या पूजा’ गरे।

‘कन्या पूजा सनातन गुठी’ले हरेक वर्ष कृष्णाष्टमीको अवसरमा यो कार्यक्रमको आयोजना गर्दै आएको छ, र यस पटक १०,००० भन्दा बढी दर्शकको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा सिनेमाका कलाकारहरुले हजार बढी बालिकाहरुलाई कापी र खानेकुरा वितरण गरेका थिए। पहिलो पटक ‘कन्या पूजा’मा सहभागी हुन पाउँदा आफूलाई अत्यन्त खुशी लागेको नायिका आँचल शर्माले बताइन्।

उनले करिब एक घण्टा बालिकाहरुलाई कापी र बिस्कुट वितरण गर्दै हर्षित भएको अनुभव सुनाइन्।

यसैगरी, नायक विवेक कर्मचार्यले आफू विगत ४ वर्षदेखि ‘कन्या पूजा’मा सहभागी हुँदै आएको र विभिन्न कुराहरु दान गर्ने गरेको बताए।

सिनेमा ‘वर एण्ड वधु’ भदौ १४ गतेदेखि रिलिज हुने तयारीमा छ। मिलन चाम्सको निर्देशनमा बनेको यस सिनेमामा जानुका थापाको लगानी रहेको छ ,भने अमित रिजाल कार्यकारी निर्माताको रुपमा छन्।

सिनेमाको ट्रेलर र गीतसंगीतलाई दर्शकले मन पराएका छन्, जसका कारण बक्स अफिसमा राम्रो व्यापार हुने अपेक्षा निर्माण टिमले राखेको छ।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो सिनेमा प्रेम, रोमान्स, धोका र कमेडीको कथामा आधारित छ।

‘कन्या पूजा’को अवसरमा सिनेमाको निर्माण टिमले १ लाख ११ हजार नगद सहयोग गरेको थियो।

सम्बन्धित समाचारसबै