केवल तामाङको शब्दमा द्वितिका प्रधानको नयाँ गीत रेकर्डिङ सम्पन्न

0 Shares

सिनेसुत्र, बिराटनगर- भ्वाइस अफ किड्स सिजन ३ की फाइनलिस्ट द्वितिका प्रधानले हालै नक्सालस्थित अकोस्टिक स्टुडियोमा आफ्नो नयाँ गीतको रेकर्डिङ सम्पन्न गरेकी छिन्।

यो गीतका शब्द केवल तामाङले लेखेका हुन् भने संगीत ताराप्रकाश लिम्बूले तयार पारेका छन् । पुर्वको बिर्तामोडमा रहेर सिनेमा निर्मार्णमा सक्रिय तामाङ यति बेला काठमाडौंमा रहेर द्वितिका प्रधानको गित रेकर्ड गराई रहेका छन ।

नौ वर्षकी द्वितिका, वेस्ट सिक्किमको सोमबारिया स्थित उड्स्टक हाई स्कूलमा कक्षा ५ मा अध्ययनरत छिन्।

उनी आफ्नो कलिलो उमेरमै सांगीतिक क्षेत्रका विभिन्न रियालिटी शोहरूमा उल्लेखनीय उपलब्धिहरू हासिल गर्दै आएकी छिन्।

२०२१ को सिक्किम गट ट्यालेन्टमा क्वार्टर फाइनलसम्म पुगेकी उनी, २०२२ मा सिक्किम आइडलको टप १२ मा छनोट भइन्।

त्यसपछि २०२३ मा सिक्किम मिनि मोडेल सिजन २ को उपाधि जित्दै २०२४ मा भ्वाइस अफ किड्सको फाइनलमा स्थान बनाउन सफल भइन्।

द्वितिकाको नयाँ गीतले यसपटक पनि उनको प्रतिभाले सबैलाई मन्त्रमुग्ध पार्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारसबै