‘रावायण’को गीत ‘तिम्रै लागि’ भोलि रिलिज हुने : भारतीय गायक,गायिका कुनाल र सोनू कक्करको आवाज

0 Shares

सिनेसुत्र,बिराटनगर –  बहुप्रतीक्षित सिनेमा ‘रावायण’ को गीत ‘तिम्रै लागि’ भोलि अर्थात् बुधवार रिलिज हुने भएको छ।
यस गीतमा नीरज सिंहको संगीत छ भने भारतका चर्चित गायक कुनाल गंजावाला र गायिका सोनू कक्करले स्वर दिएका छन्।

सिनेमाको शिर्ष गित लगायत अन्य गित हरुमा भारतीय चर्चित गायक नाकस अजिज र गायिका सोनू कक्करको पनि आवाज रहेको छ ।
सोनू कक्कर र कुनाल गंजावालाले बलिउडमा आफ्नो अद्वितीय आवाजले धेरै गीतहरूमा जादू छरेकी छिन्।
हाल नेपाली सिनेमा ‘रावायण’ मा पनि यी दुइ भारतीय गायक गायिकाको आवाजले गीतलाई विशेष बनाउने अपेक्षा गरिएको छ।

गीतका शब्दहरू कृष्णहरी बरालले लेखेका छन्, उक्त गीतको भिडियोमा रामजी लामिछाने कोनृत्य निर्देशन रहेको छ ।

सुदर्शन थापाको निर्देशनमा बनेको यो सिनेमा ‘रावायण’ आउँदो भदौ २१ गतेदेखि सिनेमाघरमा प्रदर्शनमा आउनेछ।
सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त निर्माणमा बनेको यो सिनेमामा सुशन पाठक कार्यकारी निर्माता रहेका छन्।
निर्मात्री पूजा शर्मा अनुसार : प्रशंसकहरूले भोलिदेखि ‘तिम्रै लागि’ गीत सुन्न पाउनेछन्, जसले सिनेमाप्रति अझै उत्साह र चासो बढाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारसबै