‘रोल नं १’ टोली विराटनगरको जेम्स इन्टरनेशनल स्कुलमा : कलाकारसँग भेट्दा विद्यार्थी दंग

0 Shares

सिनेसुत्र, बिराटनगर- आगामी नेपाली सिनेमा ‘रोल नं १’ को प्रचार अभियान अन्तर्गत कलाकारहरूको टोली शुक्रबार विराटनगरस्थित जेम्स इन्टरनेशनल स्कुल पुगेको छ । विद्यालयमा आयोजित विशेष कार्यक्रममा कलाकार मुकुन भुषाल, रेणु नाथ योगी, सुवास खरेल तथा सिनेमाका मिडिया कोर्डिनेटर पवन भट्टराई सहितको टोलीले विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरेको थियो ।  ‘हरेक विद्यार्थीको कथा’ भन्ने ट्यागलाइन बोकेको सिनेमाको टोलीले कार्यक्रममा विद्यार्थी जीवन, संघर्ष, सपना र शिक्षासँग जोडिएका विषयमा खुला संवाद गरेको थियो । कलाकारहरूलाई आफ्नै विद्यालयमा पाएपछि विद्यार्थीहरू उत्साहित देखिएका थिए । कार्यक्रममा विद्यार्थीहरूले कलाकारहरूसँग फोटो खिच्नुका साथै सिनेमाबारे जिज्ञासा समेत राखेका थिए ।

हाल ‘रोल नं १’ टिम पूर्वका विभिन्न सहरमा स्कूल टुरमार्फत प्रचारमा व्यस्त छ । निर्माण पक्षका अनुसार विद्यालय केन्द्रित यो अभियानमार्फत सिनेमा विद्यार्थीको भावना र वास्तविक जीवनसँग नजिक रहेको सन्देश दिन खोजिएको हो ।

सेभेन सिज सिनेमाकोको प्रस्तुतिमा बनेको सिनेमा आगामी जेठ १५ गतेदेखि देशभर प्रदर्शन हुँदैछ ।

 

सम्बन्धित समाचारसबै