सस्पेन्स थ्रिलर सिनेमा ‘स्त्री’ रहस्यमय पोस्टर सार्वजनिक सँगै मंसिर ११ मा रिलिज हुने

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘स्त्री’को निर्माण सम्पन्न भएसँगै प्रदर्शन मिति तय गरिएको छ । निर्माणपक्षले आज एक पोस्टर सार्वजनिक गर्दै सिनेमा मंसिर ११ गतेबाट प्रदर्शनमा आउने घोषणा गरेको हो । समीर राईको निर्माणमा तयार भएको यो सिनेमालाई जीवन शाहीले निर्देशन गरेका हुन् । टौवा क्रियशनको प्रस्तुति रहेको सिनेमाको सार्वजनिक पोस्टरमा अधिकांश कलाकारलाई फरक-फरक अवतारमा प्रस्तुत गरिएको छ ।सिनेमामा दीपाश्री निरौला, प्रमोद अग्रहरी, सलोन बस्नेत, नम्रता श्रेष्ठ, रिस्ता बस्नेत र दिनेश डीसीको मुख्य भूमिका रहेको छ । पोस्टरमा कलाकारहरूको आ-आफ्नै शैली र मुड देख्न सकिन्छ । पोस्टरको पृष्ठभूमिमा रातो रंगको प्रयोग गरिएकाले सिनेमा सस्पेन्स थ्रिलर कथामा आधारित रहेको अनुमान गर्न सकिन्छ ।

यो सिनेमालाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले नेपालभर वितरण गर्नेछन् । सिनेमामा सुरवीर पण्डित, नरेन्द्र थापा, देव सरकार, रश्मी भट्ट, अस्मिता बस्नेत, काजल कर्ण, अन्जु सुनार, रामबाबु हुमागाईं, कल्पना श्रेष्ठ, समीर लामा लगायत कलाकारहरूको अभिनय रहेको छ । सिनेमामा रामशरण उप्रेतीको डीओपी, बाबुल गिरीको संगीत, देव महर्जन र शंकर महर्जनको एक्सन, बन्दे प्रसादको सम्पादन तथा एलिस कार्कीको बीजीएम रहेको छ ।

सम्बन्धित समाचारसबै