0
Shares
कम्पनीका निर्देशक आभाष कुँवरले विदेशमा हासिल गरेको अनुभवलाई नेपालमा उपयोग गर्दै आधुनिक मनोरञ्जन क्षेत्रको विकासमा योगदान गर्ने उद्देश्यले भैरहवामा नयाँ मल्टिप्लेक्स सञ्चालन गरिएको बताए । यो हलबाट युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्न सकिने सन्देश दिन खोजिएको उल्लेख गरे ।
हल सञ्चालकका अनुसार भाटभटेनीस्थित मल्टिप्लेक्समा दुईवटा अत्याधुनिक अडिटोरियम रहेका छन् । प्रत्येक हलमा १९८ सिट क्षमता रहेको छ भने कुल ३९६ दर्शकले एकैपटक सिनेमा हेर्न सक्ने व्यवस्था गरिएको छ । हलमा बेल्जियममा निर्मित बार्को लेजर प्रोजेक्टर, १६ च्यानल डीटीएस-एक्स इमर्सिभ साउण्ड सिस्टम तथा आधुनिक सिटिङ सुविधा जडान गरिएको जनाइएको छ ।

आईएनआई सिनेमाज व्यवस्थापनले भैरहवा, तिलोत्तमा, बुटवल तथा आसपासका क्षेत्रका दर्शकबाट सकारात्मक साथ र सहयोग प्राप्त हुने अपेक्षा गरेको जनाएको छ । कम्पनीका अनुसार सिनेमाका टिकट वेबसाइट तथा डिजिटल भुक्तानी माध्यममार्फत समेत खरिद गर्न सकिने व्यवस्था गरिएको छ । भैरहवामा सञ्चालनमा आएको नयाँ मल्टिप्लेक्सले लुम्बिनी प्रदेशको मनोरञ्जन तथा पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ ।
