0
Shares
समाजमा दर्ता नभएका गीत तथा स्रष्टाहरूको अभिलेख उपलब्ध नहुने भएकाले उनीहरू रोयल्टीबाट वञ्चित हुने गरेका छन् । यस विषयलाई केन्द्रमा राख्दै प्रमुख कार्यकारी सागर पाण्डेको संयोजकत्वमा रोयल्टी प्राप्तिका प्रक्रिया, आवश्यक मापदण्ड तथा रोयल्टी संकलन हुने विभिन्न क्षेत्रबारे जानकारीमूलक प्रस्तुति गरिएको थियो ।
संगीत रोयल्टी समाज नेपालको वेभसाइट mrcsn.org पनि सार्वजनिक गरिएको छ । यस सस्थाको सदस्यता लिएका गीतकार र संगीतकारहरुले वेबसाइट mrcsn.org मा लगइन गरी आफ्नो मोबाइल नम्बर र पासवर्ड राखेर कुन गीतको केके बाट कति रकम जम्मा भयो भन्ने जानकारी प्राप्त गर्न सक्ने छन् ।
जम्मा भएको रकम आफ्नो अनुकुल अनुसार आफूले चाहेको समयमा सिधै आफ्नै बैंक खातामा जम्मा गर्न सकिने बेबस्था पनि गर्न लागेको समाजले जनाएको छ । सामजको कार्यालयमा उपस्थित हुन नसक्ने गीतकार र संगीतकारहरुले फोन मार्फत जानकारी लिई अथवा वेबसाइटबाटै आफ्नो गीतहरू दर्ता गर्न सकिने संगीत रोयल्टी समाज नेपालका अध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।
