



सिनेसुत्र, बिराटनगर- फूलपातीको अवसरलाई लक्षित गर्दै असोज २४ गतेदेखि रिलिज हुने सिनेमा ‘ज्वाइँ साब’को टिजर सार्वजनिक भएको छ।
यो सिनेमाको टिजरमा मुख्य पात्र जितु नेपाललाई रमाइलो भूमिकामा देखाइएको छ।
नायिका नीति शाहलाई भने हात्तीमाथि बेहुलीको भेषमा सजिएको अनौठो दृश्यमा प्रस्तुत गरिएको छ, जसले दर्शकको ध्यान आकर्षित गरेको छ।
बसन्त निरौलाको निर्देशनमा बनेको उक्त सिनेमामा मिनादेवी खड्का, सौगात पण्डित, र पदमलाल तामाङको लगानी रहेको छ ।
शंकर धितालको लेखन, सविन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहेको सिनेमामा कार्यकारी निर्माता विजय बस्याल रहेका छन् ।



सिनेमामा जितु नेपाल र नीति शाहसहित बुद्धि तामाङ, रमेश वुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, र इशान राउतजस्ता कलाकारहरूको उत्कृष्ट अभिनय रहेको छ। राजकुमार पण्डितको प्रस्तुतीमा तयार भएको यस सिनेमाले दशैंमा दर्शकलाई पूर्ण मनोरञ्जन दिने विश्वास निर्देशक निरौलाले व्यक्त गरेका छन्।