११ बटुकको स्वस्तिवाचनसँगै राजिव गुरुङको निर्देशनमा बन्ने सिनेमा ‘आशा’ घोषणा

0 Shares

सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा ‘आशा’ निर्माण हुने भएको छ। बिहीबार साँझ काठमाडौंमा आयोजित एक भव्य समारोहबीच शर्मिला थापाको लगानीमा बन्न लागेको सिनेमाको औपचारिक घोषणा गरिएको हो। सिनेमाको लेखन तथा निर्देशन राजिव गुरुङले गर्नेछन्। सिनेमा घोषणा कार्यक्रमलाई फरक शैलीमा प्रस्तुत गरिएको थियो।

अग्रज प्राविधिकलाई सम्मान गर्दै आयोजना गरिएको कार्यक्रममा सिनेमाको विषयवस्तु, कलाकार तथा प्राविधिक टोलीको परिचय गराइएको थियो। ११ जना बटुकद्वारा स्वस्तिवाचन गरिएपछि सिनेमाको शीर्षक र कलाकार सार्वजनिक गरिएको थियो। सिनेमा ‘आशा’मा महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, शुशांक मैनाली, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मीलगायत कलाकारको मुख्य अभिनय रहनेछ।निर्मात्री शर्मिला थापाले सिनेमाले एउटा परिवारको कथा प्रस्तुत गर्ने बताइन्। अहिलेको व्यस्त जीवनशैलीमा परिवारसँग बिताउने समय घट्दै गएको र परिवारको कुनै सदस्यको अभावले उसको महत्व झन् बढी महसुस हुने यथार्थलाई सिनेमामा समेटिएको उनको भनाइ छ।

सम्बन्धित समाचारसबै