पल शाह र पूजा शर्माको रोमान्टिक गीत ‘तिम्रै लागि’ सार्वजनिक : तीजमा ‘रावायण’को धमाका-सिनेसुत्र

0 Shares

सिनेसुत्र, बिराटनगर- हरितालिका तीजको विशेष अवसरमा भाद्र २१ गते रिलिज हुने नेपाली सिनेमा ‘रावायण’को नयाँ रोमान्टिक गीत ‘तिम्रै लागि’ सार्वजनिक भएको छ।
यस गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको मनमोहक अभिनय देख्न सकिन्छ।
बलिउडका प्रसिद्ध गायक कुनाल गाँजावाला र सोनु कक्करको आवाजले सजिएको यस गीतले नेपाली संगीतप्रेमीहरू मन पराउने अपेक्क्षा गरिएको छ ।
कुनाल गाँजावाला बलिउडमा ‘मर्डर’ सिनेमाको ‘भिगे ओठ तेरे’ जस्ता हिट गीतहरूका लागि परिचित छन्, भने सोनु कक्कर ‘बाबु जी जरा धिरे चलो’ गीतमार्फत भारतमा चर्चित छिन्।

गीतको शब्द कृष्णहरि बरालले लेखेका हुन्, र संगीत नीरज सिंहले कम्पोज गरेका छन्। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्, जसले भिडियोको आकर्षणलाई थप निखार दिएको छ।

‘रावायण’ सिनेमा सुदर्शन थापाको निर्देशनमा बनेको हो। सिनेमा ‘रावायण’मा पल शाह र पूजा शर्मा सँगै प्रियङ्का कार्की, प्रमोद अग्रहरी, निकीता चाण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुन जंग शाही, शर्मिला मल्ल, र प्रदीप ढकाल जस्ता कलाकारहरूको अभिनय रहेको छ।

सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा निर्माण भएको यस सिनेमाको निर्मात्री पूजा शर्मा हुन् ।
उक्त सिनेमाको कार्यकारी निर्माता सुशन पाठक रहेका छन्।
शिवम अधिकारीले लेखेको यस सिनेमाको पटकथा प्रदीप श्रीवास्तवले तयार पारेका छन्।
सिनेमा सौरभ लामाको छायाङ्कनमा बनेको हो, भने सम्पादन मिलन श्रेष्ठले गरेका छन्।
समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर, र विजय बस्यालको पोस्टर डिजाइनले सिनेमाको सम्पूर्ण दृश्यलाई उच्च गुणस्तर प्रदान गरेको छ। सिनेमाको वितरण आरआर फिल्म्सले गर्नेछ।

सम्बन्धित समाचारसबै