जन्मदिनकै अवसरमा कविता नेपाली ‘एक्का तीन’मा अनुबन्धित : एक्सन अवतारमा फर्किंदै

0 Shares

सिनेसुत्र, बिराटनगर- नायिका तथा मोडल कविता नेपालीलाई उनको जन्मदिनको अवसर पारेर निर्देशक रुपेश तामाङले नयाँ सिनेमामा अनुबन्धित गरेका छन्। रुपेशले निर्देशन गर्न लागेको सिनेमा ‘एक्का तीन’मा कविता नेपाली मुख्य नायिकाको रूपमा अनुबन्धित भएकी हुन्।

यो सिनेमामा यसअघि नै नायिका पूजा शर्मा र नायक पुष्प खड्का फाइनल भइसकेका छन्। भदौबाट छायांकनमा जाने यो सिनेमाका लागि मुख्य तीन कलाकारको लाइनअप पूरा भएको छ। कविता भित्रिएपछि निर्देशक तामाङले भने, “यो एक्सन जनराको सिनेमा हो। कविताजीको एक्सनलाई पनि दर्शकले रुचाएका छन्। त्यसैले उहाँलाई उहाँकै जन्मदिनको अवसरमा अनुबन्धित गरेका हौं। सिनेमामा पूजा शर्मा र कविता नेपालीबीच कडा टक्कर हुने निर्देशक तामाङको भनाइ छ। तीन पात्रको कथामा तयार हुन लागेको यो सिनेमालाई जुना फिल्मस् र अधिरा फिल्मस्को ब्यानरमा निर्माण गर्न लागिएको हो। सिनेमाको कथा तथा पटकथा सुमन गजमेरले लेखेका हुन्। कविता नेपालीले यसअघि सिनेमा ‘एक्लो’मा अभिनय गरिसकेकी छिन्। उनको एक्सन अभिनयलाई दर्शकले उक्त सिनेमामा निकै रुचाएका थिए।

सम्बन्धित समाचारसबै