प्रदीप खड्का ‘कल्की’को रूपमा प्रस्तुत : ‘एक्लो’को पहिलो पोस्टर सार्वजनिक । छायाङ्कनको तयारी तीव्र-सिनेसुत्र

0 Shares

सिनेसुत्र, बिराटनगर- प्रदीप खड्काको नयाँ अवतार ‘कल्की’: ‘एक्लो’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ ।

निर्देशक प्रदीप शाहीले आफ्नो सामाजिक सञ्जालमा पोस्टर सेयर गर्दै लेखेका छन्, “प्रदीप खड्का नै कल्की हुन्।

यो पात्र वर्षौँदेखि मेरो कल्पनामा बाँचिरहेको थियो, सही कथाको प्रतीक्षामा अब, हाम्रो विज्ञान-कल्पना (साइ-फाइ) र जम्बी थ्रिलर ‘एक्लो’मा, यसले आफ्नो सही ठाउँ फेला पारेको छ। उक्त सिनेमाको छायाङ्कन बिहीबारदेखि सुरु हुँदैछ।

यसैक्रममा, बुधवार बिहान काठमाडौंको भद्रकाली मन्दिरमा सिनेमा ‘एक्लो’को शुभ मुहूर्त गरिएको छ।

यो सिनेमालाई बेलायतबाट आएका निर्देशक प्रदीप शाहीले निर्देशन गर्दैछन्, जसले बेलायतमा सिनेमा निर्माणको अध्ययन गरेका छन्।

शाहीले यसअघि ‘गोर्खा: विनिथ द ब्रेभरी’ र ‘अन्तिम संस्कार’ जस्ता सिनेमा निर्देशन गरिसकेका छन्।

‘एक्लो’मा प्रमुख भूमिका निभाउन बेलायती अभिनेता जेमी बेकन मङ्गलवार काठमाडौं आइपुगेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई निर्देशक प्रदीप शाही, अभिनेत्री दिया पुन, र कविता नेपाली लगायतले ढाकाटोपी र फूलमालाले स्वागत गरेका थिए।

सिनेमामा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिनेश डिसी, सुरज सिंह ठकुरी, बेनिशा हमाल, कविता नेपाली, र दिया पुन जस्ता नेपाली कलाकारहरूसँगै जेमी बेकनको अभिनय पनि देख्न पाइनेछ।

‘एक्लो’लाई साही प्रोडक्सन नेपालले निर्माण गर्दैछ, जसमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको छ।

यो सिनेमाले नेपाली सिने उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने उद्देश्यले निर्माण गरिएको हो, जसलाई सन् २०२५ मा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।

सम्बन्धित समाचारसबै