‘तीन तीघ्रे क्या बिग्रे’को छायांकन सुरु : पशुपति शर्मादेखि परितोषिका पन्तसम्म

0 Shares

सिनेसुत्र, बिराटनगर- रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली सिनेमा ‘तीन तीघ्रे क्या बिग्रे’को छायांकन शुभारम्भ भएको छ। साउनको सोमबार काठमाडौंको नैकापस्थित वेस्ट सिटी अस्पतालबाट सिनेमाको छायांकन प्रारम्भ गरिएको हो ।

अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको यस सिनेमाका निर्माता रघुनाथ सापकोटा हुन्। लामो समयको चलचित्र पत्रकारिताको अनुभवपछि सापकोटाले सिनेमा निर्माणमा हात हालेका हुन्। रघुजी फिल्म्सले अब निरन्तर सिनेमा निर्माण गर्ने उनले बताए। पूर्ण मनोरञ्जनात्मक कमेडी जनरामा निर्माण हुने सिनेमाको सम्पूर्ण छायांकन काठमाडौं आसपासका क्षेत्रमा हुनेछ।सिनेमाका गीत चर्चित गायक पशुपति शर्माले तयार गर्नेछन् भने छायांकनको जिम्मेवारी सिनेमाटोग्राफर संकल भुजेलले सम्हाल्नेछन्। निरज नेपाल कार्यकारी निर्माता रहेको सिनेमामा सगुन तामाङ मुख्य सहायक निर्देशक, उत्सव पौडेल, सबिता रेग्मी र धर्मेन्द्र केसी सहायक निर्देशक, गणेश बानियाँ आर्ट निर्देशक, शमशेर लामाले शृंगार तथा जीवन पोखरेलले भेषभूषाको जिम्मेवारी सम्हाल्नेछन्।

सिनेमामा गायक पशुपति शर्मा, गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्त, समिया कार्की, प्रभात लामा, पृथ्वीराज प्रसाईं, सृजना कोइराला, प्रजल दुलाल, गौतम महत, निरज नेपाल, लेखान्त भुषाल, बिरबल घले, सुनिल कटुवाल, निशान थापा, रविन बिमली, नारायण बिक, विनोद केसी, लीसा क्षेत्री, सुरेश तिमल्सिना, राजु तिमल्सिना, आयुष्मा गिरी तथा पवन खतिवडा ‘बाबा’ लगायतका कलाकारहरूको अभिनय रहनेछ।

पूर्ण मनोरञ्जनात्मक कमेडी जनरामा निर्माण हुन लागेको सिनेमा ‘तीन तीघ्रे क्या बिग्रे’ले हाँसो, व्यंग्य र पारिवारिक मनोरञ्जनको नयाँ स्वाद दर्शकमाझ पस्किने लक्ष्य लिएको निर्देशक अमरदीप सापकोटाले बताए। आरआर फिल्म्सले वितरणको जिम्मेवारी लिएको सिनेमाको डिजिटल अधिकार ओएसआर डिजिटलले प्राप्त गरेको छ।

सम्बन्धित समाचारसबै