साइग्रेस पोखरेलको क्रिएटिभ मस्तिष्क: अनमोल केसीको ‘जेरी अन टप’मा नयाँ जिम्मेवारी

0 Shares

 सिनेसुत्र, बिराटनगर – क्रिएटिभ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका साइग्रेस पोखरेल अब अभिनेता अनमोल केसीको प्रमुख भूमिकामा रहेको सिनेमा ‘जेरी अन टप’मा क्रिएटिभ जिम्मेवारी सम्हाल्ने भएका छन्।
श्रव्य कथामा युट्युबमार्फत् चर्चा कमाएका पोखरेल, यस सिनेमामा स्क्रिप्ट सहयोगीको रूपमा काम गर्नेछन्।
बिहीबार, निर्माता सरोज न्यौपाने र साइग्रेस पोखरेलबीच लिखित सम्झौता भएको छ, जसमा स्क्रिप्ट, डायलग तथा क्रिएटिभ पक्षको जिम्मेवारी पोखरेलले लिने कुरा उल्लेख गरिएको छ।


युरोपमा बस्दै आएका पोखरेल हाल काठमाडौंमा छन् र सिनेमा साइन गरेपछि अभिनेता अनमोल केसीलाई फलो गरिरहेको बताए।
पोखरेलको श्रव्य कथा ‘अधुरो प्रेम’ पनि छिट्टै सिनेमाको रूपमा आउने तयारीमा छ।
‘जेरी अन टप’मा अनमोलसँगै आँचल शर्मा र जसिता गुरुङको पनि प्रमुख भूमिका रहनेछ।

फागुन २ गते अर्थात् भ्यालेन्टाइन्स डे मै रिलिज मिति तय गरिएको यो सिनेमाको छायांकन असोजबाट काठमाडौं, लुक्ला र लद्दाखमा हुने बताइएको छ।
निर्माता न्यौपाने, निर्देशक सुयोग गुरुङ र अभिनेता अनमोल केसीले हालै लद्दाखमा लोकेशन पनि फाइनल गरेका थिए।

सम्बन्धित समाचारसबै