चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसीको नियुक्ति : बोर्डलाई थप सशक्त बनाउने

0 Shares

सिनेसुत्र, बिराटनगर- चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसीको नियुक्तिले नेपाली सिनेमा क्षेत्रमा नयाँ तरंग ल्याएको छ।
विहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो, जसको जानकारी सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले दिएका छन्।

दिनेश डीसी, जो निर्देशक, कलाकार, तथा सञ्चारकर्मीको रूपमा परिचित छन्,जो एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका निकट मानिन्छन्।
यस नियुक्तिले चलचित्र विकास बोर्डमा नयाँ उर्जा र दृष्टिकोणको अपेक्षा गरिएको छ।

यसअघि, भुवन केसीले दुईवर्षे कार्यकाल पूरा गरेपछि साउन ९ गते देखि बोर्डको अध्यक्ष पद रिक्त थियो।
दिनेश डीसीको नियुक्ति नेपाली चलचित्र क्षेत्रमा अनुभव, नेतृत्व, र सृजनात्मकता भर्ने उद्देश्यले गरिएको हो।

दिनेश डीसीले आफ्नो नेतृत्वमा नेपाली सिनेमा क्षेत्रमा गुणस्तरीय सृजनामा जोड दिने, अन्तर्राष्ट्रिय स्तरमा चलचित्रलाई प्रस्तुत गर्ने र युवा सृजनाकर्मीलाई अवसर प्रदान गर्ने योजना अघि सारेका छन्।

डीसीको अनुभव र प्रभावले चलचित्र विकास बोर्डलाई थप सशक्त बनाउने विश्वास गरिएको छ। यस नियुक्तिले सिनेमा क्षेत्रलाई मात्र होइन, समग्रमा नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा उठाउने नयाँ सम्भावनाहरूको ढोका खोल्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारसबै