ओजस लामाको ‘सपना’ डाँडामा घर बनाएर प्रेमको संसार रच्ने कथा

0 Shares

सिनेसुत्र, बिराटनगर- गायक ओजस लामाको स्वरमा सजिएको नयाँ गीत ‘सपना’ सार्वजनिक भएको छ। ‘द वाइल्ड’ नामक युट्युब च्यानलबाट रिलिज गरिएको यस गीतको सम्पूर्ण अडियोको जिम्मा सोही च्यानलले लिएको छ। गीतले प्रेम र रोमान्सलाई मुख्य विषयवस्तु बनाएको छ, जसमा गायक ओजस आफ्नो प्रेमीका संग डाँडामा घर बनाएर एक सुन्दर संसारको कल्पना गर्दैछन्।

गीतलाई ओजस लामाले नै शब्द र संगीत दिएका छन्। सन्तोष तामाङको छायांकन, सम्पादन, र निर्देशनमा तयार भएको यस भिडियोमा ओजस लामा र अस्विनी श्रेष्ठको आकर्षक फिचरिङ देख्न सकिन्छ। भिडियोलाई विजय राज भुर्तेलले मास्टरिङ गरेका छन्।

‘सपना’ बोलको यस गीतले प्रेमका भावना र भविष्यको सपनालाई संगीतमा ढालेर श्रोतालाई प्रस्तुत गरेको छ।

सम्बन्धित समाचारसबै