‘पूर्ण बहादुरको सारङ्गी’को रिलिज मिति घोषणा—लक्ष्मीपूजामा सिनेमाको धमाकेदार आगमन

0 Shares

सिनेसुत्र,बिराटनगर – सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को प्रदर्शन मिति सार्वजनिक भएको छ। यो सिनेमाले कार्तिक १५ गते, लक्ष्मीपूजाको अवसरमा पर्दामा आफ्नो यात्रा शुरु गर्ने छ। फर्स्टलुक पोस्टरमा मुख्य कलाकार विजय बराल र प्रकाश सपूतको झल्को देख्न सकिन्छ। विजयको दाह्री र कपालमा खुशीको भाव छ भने प्रकाश फूलको माला लगाएर मार्कसिट समाएर खुशीका साथ दौडिरहेका छन्, जसले उनी कक्षामा पहिलो भएको संकेत गर्छ।

सिनेमामा विजय र प्रकाश बुबा-छोराको भूमिकामा देखिने सम्भावना रहेको छ। सरोज पौडेलको कथा तथा निर्देशन रहेको सिनेमामा विजय र प्रकाशका मुकुन भुसाल, अञ्जना बराइली, माओत्से गुरुङ, भोलाराज सापकोटा, देशभक्त खनाल, बुद्धि तामाङ, विनोद न्यौपाने, अलिसा बास्तोला, जानवी पौडेल, श्याम केसी लगायतको अभिनय रहेको छ । सिनेमामा विनोद पौडेल र प्रतीक सुवेदी निर्माता तथा कार्यकारी निर्माता रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

निर्मातामा विनोद पौडेल र प्रतीक सुवेदी छन् । कार्यकारी निर्मातामा रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल रहेका छन्। सेभेन सिज सिनेमा र बाँसुरी फिल्मस्को प्रस्तुति रहेको यो सिनेमामा महेश दवाडीको पटकथा र संवाद छ। रामबाबु गुरुङको व्यानर बाँसुरी फिल्मस्ले सिनेमाको रिलिजमा साथ दिने भएको छ।

‘पूर्ण बहादुरको सारङ्गी’ले गन्धर्व परिवारको सारङ्गी बजाएर जीविकोपार्जन गर्ने कथा उठाएको छ। सिनेमामा शिवराम श्रेष्ठको छायांकन, प्रशान्त सिवाकोटीको संगीत, सुरेन्द्र पौडेलको सम्पादन र रोहित शाक्यको ब्याकग्राउण्ड स्कोर रहेको छ। साथै, यो मितिमा प्रदीप खड्काको ‘एक्टर: टेक वान’ र दीवाकर भट्टराई निर्देशित ‘मायावी’ पनि रिलिज हुनेछन्।

सम्बन्धित समाचारसबै