गौथलीकै दबदबा बीच ‘लज्जावती’ प्रदर्शन : विराटनगरमा लज्जावतीको बिजोग

0 Shares

सिनेसुत्र, बिराटनगर- आजदेखि प्रदर्शनमा आएको सिनेमा ‘लज्जावती’ले पहिलो दिनमै बिराटनगरमा कमजोर दर्शकको साथ पाएको छ । सिटी सिनेमामा राखिएका ‘लज्जावती’का दुई शोमा दर्शक संख्या शून्य रहँदा सेन्टर मल्टिप्लेक्सको एक शोमा जम्मा २५ जना दर्शक उपस्थित भएका छन् ।यता साउन १ गतेदेखि देशभर प्रदर्शनमा आएको ‘गौँथली’ भने आज २९औँ दिनमा पनि विराटनगरमा उच्च शोसहित प्रदर्शन भइरहेको छ । नयाँ सिनेमा ‘लज्जावती’ले सुरुवातमै कमजोर दर्शक साथ पाउँदा चार साता पार गरिसकेको ‘गौँथली’ले अझै दर्शक तानिरहेको छ ।

एकातिर नयाँ रिलिजको सुरुवातमै दर्शकको उपस्थिति निराशाजनक देखिनु र अर्कोतर्फ २९ दिन पुरानो ‘गौँथली’ले उच्च शो पाइरहनुले विराटनगरको सिनेमा बजारमा दर्शकको रोजाइ स्पष्ट देखाएको छ ।

सम्बन्धित समाचारसबै