‘एक्टर: टेक वन’को नयाँ पोस्टर सार्वजनिक—राजबल्लभ कोइरालाको जन्मदिनको उपहार

0 Shares

सिनेसुत्र, बिराटनगर- अभिनेता राजबल्लभ कोइरालाको जन्मदिनको अवसरमा, शुक्रबार साँझ ‘एक्टर: टेक वन’को नयाँ थिम पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा कोइरालालाई सिगार पिउँदै प्रदीप खड्काको तस्बिरलाई ध्यानपूर्वक हेरिरहेको देख्न सकिन्छ। उनका दाह्री-जुँगा र पृष्ठभूमिमा रहेका तत्वहरूले उनलाई एक अनुसन्धानकर्मीको भूमिकामा प्रस्तुत गरिएको संकेत गर्छ।

यो पोस्टर सिनेमा को तेस्रो आधिकारिक पोस्टर हो। यसअघि प्रदीप खड्कालाई पाँच विभिन्न गेटअप र चोटेको अनुहारमा प्रस्तुत गरिएको थियो। नयाँ पोस्टरले कोइरालाको फरक र नयाँ शैलीलाई देखाउँदै चर्चा भैरहेको छ।

‘एक्टर: टेक वन’ कात्तिक १५ गते लक्ष्मीपूजाको अवसरमा पर्दामा आउने तयारीमा छ। यस सिनेमा प्रदीप खड्का, राजबल्लभ कोइराला, दिव्या रायमाझी, आना शर्मा, दिव्य देव, र सुशील सिटौला लगायतका कलाकारहरूको अभिनय रहेको छ।

सिनेमाको निर्देशन राजन भुसालले गरेका छन् । निर्माता थमन कुमारी भण्डारी र क्रिएटिभ प्रोड्युसर मोती कार्की हुन् । लाइन प्रोड्युसर तोरन क्षेत्री रहेका छन्। छायांकन नरेन्द्र मैनालीले गरेका छन् र पोस्टर डिजाइन रोयल भीमसेनले गरेका छन्। हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीको संगीत, निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको कलर, र नविन श्रेष्ठको साउण्डले सिनेमालाई विशेष बनाउन योगदान गरेका छन्। पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गर्दैछ।

करिब १० वर्षपछि राजबल्लभ कोइरालाको पुनरागमन र अभिनेता दिलीप रायमाझीको छोरी दिव्या रायमाझीको डेब्युलाई दर्शकहरूले विशेष उत्साहका साथ स्वागत गरेका छन्।

सम्बन्धित समाचारसबै