‘एक्का तीन’मा पूजा र कविताको भिडन्त : नायक गोप्य राख्दै सार्वजनिक भयो एक्सन लुक्स

0 Shares

सिनेसुत्र, बिराटनगर- भदौको तेस्रो साताबाट छायांकनमा जान लागेको सिनेमा ‘एक्का तीन’को लुक्स सार्वजनिक गरिएको छ । दुई मुख्य नायिका मात्र राखेर तयार पारिएको लुक्समा टकराव देखिन्छ ।

सार्वजनिक पोस्टरमा नायिका पूजा शर्मा र मोडल तथा नायिका कविता नेपालीलाई एङ्ग्री अवतारमा देख्न सकिन्छ । उनीहरूको टकराव पोस्टरमा स्पष्ट रूपमा प्रस्तुत गरिएको छ ।जुना फिल्मस्को प्रस्तुतिमा तयार भएको यो सिनेमामा नायक को रहने हुन् भन्ने विषयमा भने खुलाइएको छैन । रुपेश तामाङको निर्देशनमा तयार हुन लागेको यो सिनेमामा सुमन गजमेरको लेखन छ । सिनेमामा रामकृष्ण खरेल र अनुप गडालको लगानी रहनेछ ।

एक्सन जनरामा निर्माण हुन लागेको सिनेमामा यसपटक दुई नायिकाबीचको लडाइँ देख्न पाइनेछ । पूजा र कविताको टकराव दर्शकका लागि विशेष प्रतीक्षामा रहने पक्का छ ।

सम्बन्धित समाचारसबै