अटिजम भएकी दिदी र भाइको कारुणिक कथा समेटिएको ‘पार्वती’को ट्रेलर सार्वजनिक, भदौ १२ मा आउँदै

0 Shares

सिनेसुत्र, बिराटनगर- आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले बिहिबार पत्रकार सम्मेलनमार्फत रिलिज गरेको हो। यस ट्रेलरलाई दर्शकले ओएसआर युट्युब च्यानलमार्फत हेर्न सकिन्छ। ४मिनेट लामो ट्रेलरमा सिनेमाका मुख्य कलाकार नीता ढुङ्गाना र अशोक दर्जीबीचको दिदीभाईको माया पर्दामा देख्न सकिन्छ।

अटिजम भएकी दिदीको माया र भाईको दिदीप्रतिको कारुणिक भाव ट्रेलरमा देख्न सकिन्छ। अटिजम भएकी छोरीलाई बाउले स्कुल भर्ना गर्दा उसलाई जिस्क्याउछँन्। जिस्क्याएपछि कुट्छिन्। त्यसपछि उनलाई अनेक लान्छना लगाउँछन्।

नीता ढुङ्गानाकै निर्देशनमा बनेको यस सिनेमाको मुख्य भूमिकामा निर्देशक ढुङ्गाना र अशोक दर्जी रहेका छन्। नीता र अशोकका साथमा सिनेमामा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल,दिप्त प्रकाश अधिकारी लगायतको मुख्य अभिनय रहेको छ। निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको यस सिनेमाको स्क्रिप्ट भने शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको छायांकन रहेको यस सिनेमाको नृत्य निर्देशन रामजी लामिछानेको छ।सिनेमाको प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने निर्मातामा हरिहर अधिकारी रहेका छन्। सिनेमाको सम्पादन तथा टिजर र ट्रेलर साहिल खानले तयार पार्नेछन्। रोयल भीमसेनले पोस्टर डिजाइन गरेको यस सिनेमाको वितरणको जिम्मा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले लिएका छन्। साथै, सिनेमाको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।

यसअघि यो सिनेमाको ´नाै तुनाको रेल,´दिदीभाई` बोलको गीत रिलिज रिलिज भएको थियो। यस सिनेमाका गीतमा बाबुल गिरी,अशोक दर्जी,रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठले गाएका छन्। बाबुल गिरी कै शब्द रचना तथा संगीत रहेको छ। साथै यस सिनेमाका शब्द रचना हर्क साउद,संगीतकार दीपक शर्माको संगीत, संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गरेका हुन्।

सम्बन्धित समाचारसबै