दर्शकको मन जित्दै ‘वर एण्ड वधु : दर्शकको माया पाउँदा उत्साहित आँचल र विवेक

0 Shares

सिनेसुत्र, बिराटनगर- शुक्रबारदेखि रिलिजमा आएको सिनेमा ‘वर एण्ड वधु’ हेर्न शनिबार काठमाडौंका हलहरूमा दर्शकहरूको उल्लेखनीय चाप देखियो।
शनिबार बिहानैदेखि नायिका आँचल शर्मा, नायक विवेक कर्माचार्य, निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार दिनेश काफ्ले लगायतका टोली हलमा पुगेका थिए।
उनीहरू शनिबार बेलुकीको शोजका लागि बनेपा समेत पुगेका थिए।

दर्शकले देखाएको मायाले नायिका आँचल शर्मा निकै उत्साहित थिइन्। उनले भनिन्, “सिनेमा हेर्न आउनुभएका दर्शकहरूले यसको कथावस्तु लगायत सबै कुरा मन पराइदिनुभएको छ। यो नै ठूलो कुरा हो। दर्शकको यो मायाले म निकै उत्साहित छु।”

त्यसैगरी, नायक विवेक कर्माचार्यले पनि सिनेमा हलमा दर्शकबाट प्राप्त गरेको साथ, हौसला र मायाले आफू निकै खुशी भएको बताए। उनले आगामी दिनमा अझै मिहिनेत गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

निर्देशक मिलन चाम्सले सिनेमाको सिरिज बनाउने संकेत समेत दिएका छन् । उनले दर्शकको समर्थन जारी रहेमा आगामी दिनमा सिनेमाको सिरिज निर्माण गर्ने योजना रहेको बताए। सिनेमामा समावेश गरिएको संवाद “पानी खानु हुन्छ?” धेरै दर्शकको मनमा बसेको देखियो।
अधिकांश दर्शक यही संवाद दोहोर्याउँदै हलबाट निस्किएका थिए।

यो सिनेमा एलआरेक इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो, जहाँ अमित रिजाल कार्यकारी निर्माताको रूपमा रहेका छन्। सिनेमाको कथावस्तु, दृश्य, कलाकारहरूको अभिनय, र कमेडी पक्षलाई दर्शकले विशेषरूपमा रुचाएका छन्। प्रदीप भारद्धाजले लेखेको यस सिनेमालाई सुदिप बरालले खिचेका हुन्।

सम्बन्धित समाचारसबै