“रामायण” को प्रदर्शन अघि समिक्क्षा अधिकारी र पूजा शर्माको विवाद: पूजा शर्मा को गम्भीर आपत्ति

0 Shares

सिनेसुत्र, बिराटनगर- गायिका समिक्क्षा अधिकारी र नायिका पूजा शर्मा बीचको विवाद चर्किएको छ। यतिबेला सिनेमा “रामायण” प्रदर्शनको संघारमा रहेको छ । उक्त सिनेमाको दुइ मुख्य कलाकार द्वय पल शाह र नायिका तथा निर्मात्री पुजा शर्माले एक पोडकाष्टमा बोलेको कुरा यति बेला विवादित बनिरहेको छ ।

करिब दुइ वर्ष अगाडी नायक पल शाह र गायिका समिक्क्षा अधिकारीको केसको बिषयमा नायिका पुजा शर्माले आफनो बिचार व्यक्त गर्दा उक्त नायिकाको विचार सम्बन्धित गायिका अधिकारीलाई चित न बुझेको भन्दै उनले फेशबुकमा उक्त पोडकाष्टको भिडियो क्लिप सेयर गर्दै आपति जनाएकी थिइन् भने , समिक्क्षाको सो स्टेटसको जवाफ दिदै पुजाले पनि फेश्बुकमा स्टेटस लेखेकी छन् ।
समिक्क्षा अधिकारीले पूजाको भिडियो सेयर गर्दै सामाजिक मिडियामा आफनो टिप्पणी सेयर गरेकी थिइन्। उनले लेखेकी छिन्, “अदालत नै पोडकाष्टहरु हुन भने, न्यायधिस नै यी र यस्ता कलाकारहरु हुन भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि! सत्य के हो? कि उस्लाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ। के सहि? के गलत? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफुलाई जोख्न तयार भएँ। र माफी दिएर सावित गरिदिएँ। यसरी पनि सिनेमा चलाउन खोज्नु सहि हो र ?

समिक्क्षा अधिकारीले टिप्पणी गर्दै पूजाको एक भिडियोमा आफूलाई लक्षित गरेर नकारात्मक सन्देश दिएको आरोप लगाएकी छिन्। उनका अनुसार, पूजाले आफ्नो चलचित्रको प्रचारमा आफ्ना व्यक्तिगत मुद्दाहरूलाई समेट्न खोजेको र त्यसलाई विवादको स्रोत बनाए उनको बुझाइ छ ।

पुजाले प्रतिक्रिया दिंदै लेखेकी छिन्, “आज गायिका बहिनिले मलाई जोडेर मेरो भिडियो सेयर गरेर जुन नकारात्मक सन्देश दिन खोजेकि छन्; त्यसमा मेरो गम्भिर आपत्ति रहेको छ। त्यो भिडियो सबै हेरेर मात्र प्रतिक्रिया दिन अनुरोध गर्दछु! यो विषमा म नबोलु भनेको र बोल्न आवश्यक पनि ठान्थिन; तर यसरी मेरो मुभी आउनुभन्दा २/४ दिन अगाडि (पहिला पनि र अहिले पनि) मलाई टार्गगेट गरिन्छ भने, म पनि बाध्य भएर बोले ।

मिडियामा आएका मेरा सम्पूर्ण सामाग्रीहरू नितान्त प्रसनल हुन्। यो बाहेक मेरा र ति बहिनिको पनि आफ्नो व्यक्तिगत जीवन होला त्यसमा न म कहिले बोले र कहिले बोल्नेछु; र सम्बन्धित सबैलाई पनि नबोल्न अनुरोध गर्दछु ।
मुभी आउनु अगाडी शत्रुहरू त लाग्छन् नै ।

 

सम्बन्धित समाचारसबै